Home Bibles यर्मिया 32:10 · नेपाली बाइबल
यर्मिया 32:10 · नेपाली बाइबल

मैले जमीनको तमसुकमा सही गरें। अनि मोहर लगाए तमसुक मसित रह्यो। मैले कतिपय मानिसहरू त्यो जमीन किन्दा साक्षी बस्नेहरू पनि पाएँ। मैले चाँदीहरू मापदण्ड अनुसार ओजन गरें।

Cross references

उत्पत्ति 23:16

अब्राहामले एप्रोनको कुरा माने अनि हित्ती मानिसहरूको सामुन्ने तिनले चार सय सिक्का चाँदी तौलीएर जमीनको धन्धा गर्ने व्यापारीको हातमा थमाई दिए।

व्यवस्था 32:34

परमप्रभु भन्नुहुन्छ, ‘म त्यस दण्डलाई साँच्दैछु। मैले यसलाई मेरो भण्डारमा जम्मा गरेको छु।

यहोशू 18:9

यसर्थ मानिसहरू त्यस भूमिमा गए। मानिसहरू सम्पूर्ण भूमिमा गए अनि यहोशूका निम्ति त्यसको विवरण लेखे। तिनीहरू सबैले शहरहरूको सूची तयार गरे अनि भूमिलाई सात भागमा विभाजन गरे। त्यसपछि तिनीहरू यहोशू कहाँ शीलोमा फर्के।

रूथ 4:9

तब बोअजले अगुवाहरू अनि समस्त मानिसहरूलाई भने, “तपाईंहरू आज साक्षी हुनुहुन्छ कि नाओमीबाट हरेक चीज म किनी रहेछु। जो एलीमेलेक, किल्योन अनि महलोनको थियो।

रूथ 4:11

यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने,“मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्राएलको वंश निर्माण गरे। तिमी इस्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन।”

अय्यूब 14:17

तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ। मेरा अपराधहरू ढाक्नु हुनेछ।

श्रेष्ठगीत 8:6

मलाई तपाईंको हृदयमा छाप लगाउँनु होस् यदि म एउटा औंठी जस्तै भएर तपाईंको हातमा रहन्छु, प्रेम मृत्यु जस्तै प्रबल हुन्छ, अनि तृष्णा चाहिँ चिहान जस्तै शक्तिशाली हुन्छ कुनै ज्वालाभन्दा पनि कडा, त्यो दन्केको आगो झैं दन्किन्छ।

यशैया 8:1

परमप्रभुले मलाई भन्नुभयो, “एउटा ठूलो कागजको मुठा ल्याऊ अनि यी शब्दहरू लेख्न एउटा कलम प्रयोग गरः ‘महेर-शालल हाज-बज।’ यसको अर्थ हुन्छ, ‘त्यहाँ चाँडै लुटमार चोरी हुनेछ।”‘

यशैया 30:8

अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट अगमवमा साक्षी बनिनेछ।

यशैया 44:5

“एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”‘

यर्मिया 32:12

अनि मैले तिनीहरू बारूकलाई दिएँ। बारूक नेरियाहको छोरो हो। मोहर लगाइएको तमसुकमा मैले जमीन किन्दा गरिएको सबै शर्त्तहरू समावेश थियो। जब मेरो काकाको छोरा हनमेल र अन्य मानिसहरू त्यहाँ थिए मैले बारूकलाई त्यो तमसुक दिएँ। ती साक्षीहरूले पनि तमसुकमा सही गरे। त्यहाँ चोकमा यहूदाका धेरै मानिसहरू थिए अनि तिनीहरूले मैले बारूकलाई तमसुक दिएको देखे।

यर्मिया 32:25

“हे परमप्रभु मेरो मालिक यो शहर कल्दीहरूको भए ता पनि यी सबै घटनाहरू घटिसके। तर अहिले मलाई भनिरहनु भएको छ। तर मलाई तपाईं भनी रहनु भएको छ, ‘यर्मिया, जमीन चाँदीले किन् अनि कतिपय मानिसहरूलाई साक्षी चुन।’ तपाईंले यो मलाई यस्तो भन्नुहुन्छ। बाबेलका सेनाले त्यो शहर अधीन पार्न तैयार भैरहेको बेला।”

यर्मिया 32:44

तिनीहरूले पैसाहरू दिएर खेतहरू किन्नेछन्। तिनीहरूले जमीनको तमसुकमा हस्ताक्षर गर्नेछन् र साक्षीहरूको उपस्थिसित मोहर लगाउनेछन्। मानिसहरूले फेरि साक्षीहरूको उपस्थितिमा बिन्यामीनको देशमा यरूशलेम वरिपरिका ठाउँहरूमा, यहूदाको शहरहरूमा पहाडी देशमा, पश्चिमी बेंसीहरू अन्तर्गत, अनि नेगेबमा जमीनहरू किन्ने छन्। त्यस्तो हुने नै छ किनभने म तिनीहरूलाई पुर्नस्थापना गर्नेछु।” यो परमप्रभुको सन्देश हो।

दानियल 8:26

साँझ र बिहानको विषयमा दिइएको यो प्रकाश सत्य छ, तर यो दर्शन तिमीले गुप्त राख्नै पर्छ, किनभने त्यसले धेरै पछि आउने दिनहरूलाई संकेत गर्छ।”

यूहन्ना 3:33

उनीहरू जसले उहाँको साक्षी स्वीकार गर्छ, तिनीहरूले परमेश्वरले सत्य बोलेको साक्षी दिन्छन।

यूहन्ना 6:27

जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र संग छन्।”

2 कोरिन्थी 1:22

हामी उहाँकै हौं भन्ने प्रमाण गर्न, उहाँले हामीमा छाप लगाउनु भएकोछ। उहाँको प्रतिज्ञाको पक्का प्रमाण स्वरूप हाम्रो हृदयमा उहाँको आत्मा दिनुभएकोछ।

एफिसी 1:13

तिमीहरू पनि त्यस्तै हौ। तिमीहरूले आफ्नो मुक्तिको बारेमा साँचो शिक्षा-सुसमाचार सुनिहाल्यौ। सुसमाचार सुनेपछि तिमीहरूले ख्रीष्टमा विश्वास गर्यौ। अनि परमेश्वरले आफ्नो विशेष छाप तिमीहरूमा लगाउनु भयो र तिमीहरूलाई पवित्र आत्मा दिनुभयो जुन उहाँले प्रतिज्ञा गर्नुभएको थियो।

एफिसी 4:30

पवित्र आत्मालाई दुखित नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका हौ। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो।

प्रकाश 7:2

त्यसपछि मैले अर्को स्वर्गदूतलाई पूर्वबाट आइरहेको देखें। त्यो स्वर्गदूतको साथमा सजीव परमेश्वरको मोहर थियो। त्यो स्वर्गदूतले ठूलो स्वरमा ती चार स्वर्गदूतहरुलाई बोलाए। ती चार स्वर्गदूतहरु ती थिए जसलाई परमेश्वरले पृथ्वी अनि समुद्रलांई चोट पुर्याउने शक्ति दिनु भएको थियो। त्यो स्वर्गदूतले ती चार स्वर्गदूतहरुलाई भने,

प्रकाश 9:4

ती सलहहरुलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरुले ती मानिसहरुलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अंकित थिएन।

Interlinear

Choose Theme