Home Bibles व्यवस्था 32:34 · नेपाली बाइबल
व्यवस्था 32:34 · नेपाली बाइबल

परमप्रभु भन्नुहुन्छ, ‘म त्यस दण्डलाई साँच्दैछु। मैले यसलाई मेरो भण्डारमा जम्मा गरेको छु।

Cross references

व्यवस्था 29:28

परमप्रभु अत्यन्तै असन्तुष्ट हुनु भएकोले त्यस भूमिबाट बाहिर निकालेर अहिले तिनीहरूले बसो-बास गरेको भूमिमा राख्नु भयो।’

अय्यूब 14:17

तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ। मेरा अपराधहरू ढाक्नु हुनेछ।

यर्मिया 2:22

तिमीले आफ्नो शरीर धेरै साबुनहरू दलेर खारयुक्त पानीले नुहाए पनि, अझ म तिम्रा अपराधहरूको दाग देख्नु सक्छ।” यो सन्देश मेरा मालिक परमप्रभुबाट आँउछ।

होशे 13:12

“एफ्रैमको दोष एउटा बिटोमा बाँधिएकोछ, उसको पाप अभिलेखमा राखिएको छ। ऊ दण्डित हुनेछ।

रोमी 2:5

तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफै प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ।

1 कोरिन्थी 4:5

यसर्थ ठीक समय अघि मलाई नजाँच, प्रभु नआएसम्म मलाई पर्ख। उहाँले अन्धकारमा लुकेका कुराहरूमा प्रकाश छर्नु हुनेछ। मानिसहरूका मनमा लुकेका कुराहरू उदांगो पारिदिनु हुनेछ। तब प्रत्येक मानिसले परमेश्वरबाट उसले पाउनु पर्ने प्रशंसा पाउनेछ।

प्रकाश 20:12

अनि मैले ती महान अनि साधारण मानिसहरु जो मरिसकेका थिए, सिंहासन अघि उभिएका देखें। अनि त्यो जीवनको पुस्तक खोलियो। त्यहाँ अन्य पुस्तकहरु पनि खुल्ला थिए। यी मरेका मानिसहरुलाई तिनीहरुले गरेका कर्महरुको आधारमा जुन ती किताबरुमा लेखिएका थिए न्याय गरियो।

Interlinear

Choose Theme