Home Bibles ☰ Books यर्मिया 32:44 · नेपाली बाइबल
यर्मिया 32:44 · नेपाली बाइबल

तिनीहरूले पैसाहरू दिएर खेतहरू किन्नेछन्। तिनीहरूले जमीनको तमसुकमा हस्ताक्षर गर्नेछन् र साक्षीहरूको उपस्थिसित मोहर लगाउनेछन्। मानिसहरूले फेरि साक्षीहरूको उपस्थितिमा बिन्यामीनको देशमा यरूशलेम वरिपरिका ठाउँहरूमा, यहूदाको शहरहरूमा पहाडी देशमा, पश्चिमी बेंसीहरू अन्तर्गत, अनि नेगेबमा जमीनहरू किन्ने छन्। त्यस्तो हुने नै छ किनभने म तिनीहरूलाई पुर्नस्थापना गर्नेछु।” यो परमप्रभुको सन्देश हो।

Cross references

भजनसंग्रह 126:1

जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ!

यर्मिया 17:26

यहूदाका शहरहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। यरूशलेम वरिपरिका सु-साना गाऊँहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। मानिसहरू बिन्यामीन परिवारहरूको जमीनबाट राफेलको पहाडीदेशबाट अनि नेगेबबाट आउनेछन्। ती मानिसहरूले होमबलि, मेलबलि, अन्नबलि, र धूप र धन्यवादको बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन्।

यर्मिया 30:18

परमप्रभु भन्नुहुन्छ “हेर, याकूबका मानिसहरूको भाग्य पुर्नहाल गर्न म जाँदैछु। डेराहरूप्रति दयाममा दया नगर मेरो याकूबको पालहरूमाथि दया रहने छ। ध्वंश भएको ठाउँमा शहर फेरि बनिनेछ अनि राजाको महल ठीक ठाउँमा नै बनिनेछ।

यर्मिया 32:10

मैले जमीनको तमसुकमा सही गरें। अनि मोहर लगाए तमसुक मसित रह्यो। मैले कतिपय मानिसहरू त्यो जमीन किन्दा साक्षी बस्नेहरू पनि पाएँ। मैले चाँदीहरू मापदण्ड अनुसार ओजन गरें।

यर्मिया 32:37

‘म तिनीहरूलाई तिनीहरूको भूमिमा फर्काई ल्याउनेछु। म ती मानिसहरूसँग रीसाएको समयमा तिनीहरूलाई तितर-बितर पारेको ठाउँहरूबाट भेला पार्नेछु। तर म तिनीहरूलाई यो ठाउँमा फर्काई ल्याउनेछु। म ती मानिसहरूलाई त्यस्तै पार्नेछु। म तिनीहरूको जीवनलाई शान्त र सुरक्षित बनाउनेछु।

यर्मिया 33:7

म यहूदा र इस्राएलबाट लटिएका समानहरूको पुन बहाली गराउनेछु। म तिनीहरूलाई विगतको जस्तै बनाई दिनेछु।

यर्मिया 33:11

तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले प्रतिध्वनित हुनेछ। ती मानिसहरूले भन्ने छन्, ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैं कृपालु हुनुहुन्छ। तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन कारण यस ठाउँबाट जे जे लुटिएको थियो म त्यो पुन बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु,” परमप्रभु भन्नुहुन्छ।

यर्मिया 33:26

तब याकूबका सन्तानहरू अस्वीकार गर्न सक्छु। अनि मेरो दास दाऊदका सन्तानहरूलाई अब्राहाम, इसहाक र याकूबको वंशहरूमाथि राज्य गर्नदिने छैन। तर तिनीहरूबाट जो खोसिएको छ त्यो पुन बहाल गरिनेछ र तिनीहरूमाथि दया गरिनेछ।”

ओबदिया 1:20

इस्रएलीहरूका निर्वासितहरूले कनानीहरूको भूमि सपाराद सम्म आफ्नो बनाउनेछन्। यहूदाका मानिसहरूलाई यरूशलेम छोडनु र सपारादमा बस्न विवश पारिएको थियो। तर उनीहरूले नेगव शहरलाई अधिकार गर्नेछन्।

Interlinear

Choose Theme