Home Bibles ☰ Books यर्मिया 32:25 · नेपाली बाइबल
यर्मिया 32:25 · नेपाली बाइबल

“हे परमप्रभु मेरो मालिक यो शहर कल्दीहरूको भए ता पनि यी सबै घटनाहरू घटिसके। तर अहिले मलाई भनिरहनु भएको छ। तर मलाई तपाईं भनी रहनु भएको छ, ‘यर्मिया, जमीन चाँदीले किन् अनि कतिपय मानिसहरूलाई साक्षी चुन।’ तपाईंले यो मलाई यस्तो भन्नुहुन्छ। बाबेलका सेनाले त्यो शहर अधीन पार्न तैयार भैरहेको बेला।”

Cross references

भजनसंग्रह 77:19

परमेश्वर, तपाईं गहिरो पानी भएर हिंड्नु भयो तपाईंले गहन समुद्र पार गर्नुभयो, तर तपाईंले कुनै छाप छोड्नु भएन।

भजनसंग्रह 97:2

बाक्लो बादलहरूले परमप्रभुलाई घेरी राखेको छ। धर्म र न्यायले यस राज्यलाई बलियो बनाउँदछ।

यर्मिया 24:10

म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान पठाउनेछु। त्यस पछि मेलै तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।”

यर्मिया 32:15

सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ “भविष्यमा मेरो मानिसहरूले फेरि एकपल्ट घरहरू खेत दाखका खेतहरू र यस बारीहरू किन्नेछन्।”‘

यर्मिया 32:24

“अनि अहिले, बाबेलवासीहरूले त्यो शहर कब्जा गर्न घेरेर राखेकाछन्। तिनीहरूले आफ्ना तरवारहरूद्वारा अनिकाल फैलाएर अनि भयानक रोगहरू फैलाएर यरूशलेममाथि विजय प्राप्त गर्नेछन्। त्यो शहर अहिले बाबेल सेनाहरूको आक्रमणमा छ। हे परमप्रभु! तपाईंले यस्तो होस् भन्नु भएकोले यस्तो भएकोछ।

यर्मिया 34:17

“यसकारण परमप्रभु भन्नुहुन्छ “तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई “मुक्ति” घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ।

यूहन्ना 13:7

येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझने छौं।”

रोमी 11:33

हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन।

Interlinear

Choose Theme