Home Bibles ☰ Books यर्मिया 1:16 · नेपाली बाइबल
यर्मिया 1:16 · नेपाली बाइबल

अनि म मेरा मानिसहरूका विरूद्ध न्यायको उद्घोषणा गर्नेछु। म यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्। तिनीहरू मेरो विरोधी भएका छन्। मेरा मानिसहरूले मलाई छाडे। तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए। तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे।

Cross references

व्यवस्था 28:20

“यदि तिमी अनिष्ट काम गर्छौ अनि परमप्रभुबाट टाढा हुन्छौ, तब उहाँले तिमीलाई अशुभ कार्य भएको बनाउनु हुनेछ। तिमी आफूले गरेको प्रत्येक कार्यमा निराशा र कष्ट पाउने छौ। उहाँले यस्तो तिमीहरू चाँडै अनि सम्पूर्ण नाश नहुञ्जेलसम्म निरन्तर गर्नु हुनेछ। उहाँले यस्तो गर्नु हुनेछ किनभने तिमीहरू उहाँबाट टाढा भयै अनि उहाँलाई छाड्‌यौ।

व्यवस्था 31:16

परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्।

यहोशू 24:20

तर तिमीहरूले परमप्रभुलाई त्यागनेछौ अनि अन्य देवताहरूको सेवा गर्ने छौ। परमप्रभुले तिमीहरू माथि भयानक घटनाहरू घटाउनु हुनेछ। परमप्रभुले तिमीहरूलाई नष्ट गर्नु हुनेछ। परमप्रभु परमेश्वर तिमीहरू प्रति भलो हुनुहुन्छ। तर यदि तिमीहरू उहाँको विरूद्ध भयौ भने उहाँले तिमीहरूलाई नष्ट गर्नु हुनेछ।”

2 राजा 22:17

यहूदाका मानिसहरूले मलाई छोडे अनि अरू देवताहरूका लागि धूपबलि बाले। तिनीहरूले मलाई रीस उठाए। तिनीहरूले धेरै देवमूर्तिहरू बनाए। त्यसै कारणले गर्दा म यस ठाउँको विरोधमा आफ्नो रीस देखाउनेछु। मेरो रीस आगो जस्तो हुनेछ जसलाई थाम्न सकिने छैन।’

2 इतिहास 7:19

“तर, यदि तैंले मैले गरेका मेरा व्यवस्था अनि आदेशहरू पालन गर्दैनस् भने यदि तैंले अन्य देवताहरूको पूजा गर्छस् अनि तिनीहरूको सेवा गर्छस् भने।

2 इतिहास 15:2

अजर्याह आसालाई भेट्न गए। अजर्याहले भने, “मेरो कुरा सुन आसा अनि यहूदा र बिन्यामीनका तिमी सबै मानिसहरू! परमप्रभु तिमीहरूका साथ रहनु हुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने, उहाँलाई पाउने छौ। तर यदि तिमीहरूले उहाँको साथ छोडयौ भने उहाँले तिमीहरूको साथ छोडनु हुनेछ।

2 इतिहास 28:2

आहाजले इस्राएलका राजाहरूको नराम्रो उदाहरण अनुसरण गरे। तिनले बाल देवताहरूको पूजा गर्नका निम्ति मूर्ति निर्माण गर्न साँचाहरूको प्रयोग गरे।

2 इतिहास 34:25

म यसो गर्नेछु किनभने मानिसहरूले मलाई त्याग गरे अनि अन्य देवताहरूलाई धूप बाले। ती मानिसहरूले मलाई क्रोधित तुल्याए किनभने तिनीहरूले सबै नराम्रा कुराहरू गरेका छन्। यसर्थ म यो स्थान माथि मेरो क्रोध पोखाउने छु। तातो बल्दो आगो जस्तै मेरो क्रोधलाई निभाउन सकिने छैन।’

यशैया 2:8

तिनीहरूको देश मूर्तिहरूले भरिएका छन्। त्यहाँ तिनीहरूले मूर्तिहरू बनाएर नै पुज्दछन्।

यशैया 37:19

अश्शूरका राजाहरूले ती जातिहरूका सबै देवताहरू जलाई दिए। तर तिनीहरू वास्तविक रूपमा देवताहरू थिएनन्। तिनीहरू खाली मानिसहरूले बनाएका काठ र ढुङ्गाहरूका मूर्तिहरू थिए। यसैकारण अश्शूरका राजाहरूले तिनीहरूलाई नाश गर्न सके।

यशैया 44:15

त्यसपछि त्यस मानिसले त्यो रूख आफ्नो आगोमा बाल्दछ। मानिसहरूले त्यस रूखलाई दाउराको रूपमा काट्दछन्। अनि उसले त्यी दाउरा खाना पकाउन र आफूलाई न्यानो बनाउनका लागि प्रयोग गर्दछ। मानिसले केही दाउरा बालेर आफ्नो लागि रोटी बनाउँछ तर मानिसले त्यही रूखलाई अथवा त्यस रूखको केही अंशबाट देवता बनाउँछ अनि त्यस देवतालाई पूज्न थाल्दछ। त्यो देवता मानिसले बनाएको मूर्ति हो तर मानिस त्यस मूर्ति समक्ष झुक्छन्।

यशैया 65:3

ती मानिसहरू मसित छन अनि मलाई सधैं रिस उठाउँछन्। तिनीहरूले बलिहरू चढाउँछन् र आफ्नो विशेष बगैंचाहरूमा धूपहरू जलाउँछन्।

Interlinear

Choose Theme