Home Bibles ☰ Books 2 इतिहास 28:2 · नेपाली बाइबल
2 इतिहास 28:2 · नेपाली बाइबल

आहाजले इस्राएलका राजाहरूको नराम्रो उदाहरण अनुसरण गरे। तिनले बाल देवताहरूको पूजा गर्नका निम्ति मूर्ति निर्माण गर्न साँचाहरूको प्रयोग गरे।

Cross references

प्रस्थान 34:17

“मूर्तिहरू नबनाऊ।

लेवी 19:4

“मूर्तिहरूको पूजा नगर अनि आफ्नो निम्ति धातु पगालेर देवताहरूको मूर्तिहरू नबनाऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

न्यायकर्ता 2:11

यसकारणले इस्राएलका मानिसहरूले परमेश्वरसितको तिनीहरूको करार झूटा देवता बालको सेवा गरेर तोडिदिए।

न्यायकर्ता 2:13

इस्राएलका मानिसहरूले परमप्रभुको आराधना अनुसरण गर्न छोडे र बाल र अश्तारोतको पूजा गर्न थाले।

1 राजा 16:31

आहाबका लागि त्यही पापको गर्न पर्याप्त थिएन जुन नाबातका छोरा यारोबामले गरेका थिए। यसकारण आहाबले एतबालकी छोरी ईजेबेललाई पनि विवाह गरे। एतबाल सीदोनका राजा थिए। तब आहाबले बालको सेवा र पूजा शुरू गरे।

2 राजा 10:26

तिनीहरू बालको मन्दिरमा भएका स्मारक ढुङ्गाहरू बाहिर निकाले अनि मन्दिरलाई जलाए।

2 इतिहास 21:6

तिनले इस्राएलका राजाहरूले बाँचेका जीवन जस्तै जीवन जिए। तिनी त्यसरी नै बाँचे जसरी आहाबका परिवार बाचेका थिए। यसो भएको कारण के हो भने योरामले आहाबकी छोरीलाई विवाह गरेरे परमप्रभुको दृष्टिमा नराम्रो काम गरे।

2 इतिहास 22:3

अहज्याह पनि आहाबका परिवार बसेकै प्रकारले बसे। तिनी त्यस प्रकारले बसे किनभने तिनकी आमाले तिनलाई नराम्रा कुराहरू गर्न उत्साहित तुल्याइन्।

2 इतिहास 33:3

मनश्शेले उच्च स्थानहरू फेरि निर्माण गरे जसलाई हिजकियाह तिनका पिताले भत्काइदिएका थिए। मनश्शेले बाल देवताहरूका निम्ति वेदीहरू निर्माण गरे अनि अशेरा स्तम्भहरू खडा गरे। तिनी तारा-मण्डललाई शिर झुकाउँथे अनि ती नक्षत्र समूहका पूजा गर्थे।

यशैया 2:8

तिनीहरूको देश मूर्तिहरूले भरिएका छन्। त्यहाँ तिनीहरूले मूर्तिहरू बनाएर नै पुज्दछन्।

यर्मिया 1:16

अनि म मेरा मानिसहरूका विरूद्ध न्यायको उद्घोषणा गर्नेछु। म यसो गर्ने नै छु किनभने तिनीहरू दुष्ट मानिसहरू हुन्। तिनीहरू मेरो विरोधी भएका छन्। मेरा मानिसहरूले मलाई छाडे। तिनीहरूले अन्य देवताहरूलाई बलि चढाए। तिनीहरूले आफ्नै हातले बनाएका मूर्तिहरूलाई दण्डवत् गरे।

होशे 2:13

“तिनले बालको देवताहरूको सेवा र्गछिन। यसैले म तिनलाई सजाय दिनेछु। तिनले बाल देवताको अघि धूप जलाउँछिन्। गर गहना लगाएर तिनले चिटिक्क पर्दै आफ्ना प्रेमीहरूसँग जाँदा मलाई भूल्थिन। परमप्रभुले यसो भन्नुभयो।

होशे 2:17

म तिनको मुखबाट बाल नाउँलाई छिन्नेछु। त्यसपछि मानिसहरूले फेरि बालको नाउँ उच्चारण गर्नेछैनन।

मीका 1:5

यो किन भएकोछ? यस्तो भयो किनभने याकूबले पाप गरेको थियो। किनभने इस्रएलका कुल समुहले पाप गरेका थिए। याकूबको पाप के हो? यो सामरिया हो। यहूदाको अग्लो स्थान कुनहो? यो यरूशलेम हो।

Interlinear

Choose Theme