Home Bibles यर्मिया 10:15 · नेपाली बाइबल
यर्मिया 10:15 · नेपाली बाइबल

ती मूर्तिहरू महत्वहीन हुन्। तिनीहरू केवल खिसीका पात्र हुन्। न्यायको समयमा ती मूर्तिहरू सड्नेछन्।

Cross references

व्यवस्था 32:21

तिनीहरूले मलाई मूर्तिहरूद्वारा ईर्ष्यालु बनाए जो ईश्वरहरू होइनन् तिनीहरूले मलाई मूल्यहीन मूर्तिहरूसित रिसाउने बनाए। म तिनीहरूलाई मानिसहरूसित रिसाउने बनाउनेछु जो साँचो राष्ट्र होइनन्। म तिनीहरूलाई मूर्ख जातिका मानिससित रिसाउने बनाउनेछु।

1 शमूएल 5:4

अश्दोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अघिल्तिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अघि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो।

1 शमूएल 12:21

देवताका मूर्तिहरू केवल मूर्ति मात्र हुन्। त्यसले तिमीहरूलाई सहायता गर्दैन। यसर्थ त्यसको पूजा नगर। देवताका मूर्तिहरूले न त तिमीहरूलाई सहायता गर्न सक्छन् न त रक्षा नै गरन सक्छन्। तिनीहरू केहि होइनन्।

भजनसंग्रह 115:9

हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर! परमप्रभु तिनीहरूका बल र ढाल हुन्।

यशैया 2:18

सम्पूर्ण मूर्तिहरू हराएर जानेछन्।

यशैया 41:24

“हेर, झूटा देवताहरू, तिमीहरू वास्तवमा केही पनि होइनौ। तिमीहरू केही गर्न सक्तैनौ। केवल मूर्ख मानिसहरूले मात्र तिमीहरूलाई पुज्ने छन्।”

यशैया 41:29

ती सारा देवताहरू वास्तवमा केही पनि होइनन्। ती मूर्तिहरू पूर्णत महत्वहीन छन्। तिनीहरूले केही गर्न सक्तैनन्।

यशैया 57:12

म तिमीहरूका असल कार्यहरू बारेमा अनि सम्पूर्ण धार्मिकताका बारेमा बोल्न सक्थें, तर ती सबै निरर्थक हुन्छन्।

यर्मिया 8:12

तिनीहरू आफ्ना नराम्रा कामहरूदेखि लज्जित हुनै पर्छ। तर तिनीहरू पटक्कै लज्जित छैनन्। कसरी लज्जित हुनु तिनीहरू जान्दैनन्। यसर्थ जब म तिनीहरूलाई सजाय दिनेछु तिनीहरू अरू मानिसहरूसितै तल झर्छन।” परमप्रभु यसो भन्नुहुन्छ।

यर्मिया 8:19

मेरा मानिसहरूको चित्कार टाढोबाट सुन। तिनीहरू भन्छन्, “के परमप्रभु अझै सियोनमा हुनुहुन्छ? के सियोनका राजा अझ त्यहाँ हुनुहुन्छ?” तर परमेश्वर भन्नुहुन्छ, “यहूदाका मानिसहरूले बेकारका विदेशी देवताहरूलाई पूजे। तिनीहरूले मलाई क्रोधित पारे। तिनीहरूले किन त्यसो गरे?”

यर्मिया 10:8

अन्य जातिका मानिसहरू लठुवा र मूर्ख छन्। तिनीहरूका शिक्षा काठको महत्वहीन मूर्तिहरूबाट आउँछन्।

यर्मिया 10:11

परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।”‘

यर्मिया 14:22

विदेशी मूर्तिहरूसँग पानी पार्ने शक्ति छैन। आकाशले पानी वर्षाउने शक्ति पाँउदैन। हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ। तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।”

यर्मिया 43:12

नबूकदनेस्सरले मिश्रका झूटो देवताहरूको मन्दिरहरूमा आगो जलाउनेछ। उसले ती मन्दिरहरू जलाउनेछ र ती मूर्तिहरू लैजानेछ। जसरी एकजना गोठालाले आफ्नो पोषाक सफा पार्छ। त्यसरी नै, नबूदकनेस्सरले मिश्रलाई सफा पार्ने छ। तब उसले मिश्रालाई सुरक्षित छाडिदिनेछु।

यर्मिया 50:2

“प्रत्येक जाति-जातिलाई यो घोषण गर, झण्डा उठाऊ र सन्देश प्रचार गर। सम्पूर्ण सन्देश सुनाऊ र भन, ‘बाबेलको राज्य कब्जा गरिनेछ। बाल देवता लाजको पात्र हुनेछ। मरोदक देवता भयभीत हुनेछ। बाबेलका मूर्तीहरू लज्जित हुनेछन्। उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’

यर्मिया 51:18

तिनीहरू मूल्याहीन छन्, छलको काम मात्र। जब तिनीहरूलाई सजाय दिइन्छ तिनीहरू सड्नेछन्।

योना 2:8

“ज-जसले ब्यार्थका मुर्तिहरुतिर मन लगाउँछन् तिनीहरुले गर्नु पर्ने साँचो भक्तिलाई त्याग्द छन्।

सपन्याह 1:3

म सबै मानिसहरू अनि सबै पशुहरूलाई नष्ट पार्नेछु। म आकाशमा उडने चराहरू अनि समुद्रका सबै माछालाई नष्ट गरिदिन्छु। दुष्ट मानिसहरू र सबै कुराहरू नष्ट गरिदिनेछु जसले तिनीहरूलाई पाप गराउँछ। यो पृथ्वीबाट मानिसहरूको अस्तित्व नै मेटाई दिनेछु,” परमप्रभुले भन्नुभयो।

जकरिया 13:2

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय पृथ्वीबाट सबै मूर्तिहरू हटाईदिनेछु। मानिसहरूले तिमीहरूको नामहरू पनि याद राख्ने छैनन्, म झूटा अगमवक्ता अनि अशुद्ध आत्मालाई पृथ्वीबाट हटाई दिनेछु।

प्रेरित 14:15

“हे मानिसहरू हो! तिमीहरूले किन यसो गरिरेहछौ? हामी देवताहरू होइनौ! हामी तिमीहरू जस्तै मानिसहरू मात्र हौ! हामी तिमीहरूलाई सुसमाचार भन्न आयौं ताकि तिमीहरू यस्ता बेकारका कुराहरूबाट हट्न सक्छौ अनि जीवित परमेश्वर तर्फ र्फकन्छौ। उहाँ नै एक हुनुहन्छ जसले आकाश, पृथ्वी, समूद्र अनि यिनीहरूमा भएका हरेक थोक बनाउनु भयो।

Interlinear

Choose Theme