Home Bibles ☰ Books यशैया 44:15 · नेपाली बाइबल
यशैया 44:15 · नेपाली बाइबल

त्यसपछि त्यस मानिसले त्यो रूख आफ्नो आगोमा बाल्दछ। मानिसहरूले त्यस रूखलाई दाउराको रूपमा काट्दछन्। अनि उसले त्यी दाउरा खाना पकाउन र आफूलाई न्यानो बनाउनका लागि प्रयोग गर्दछ। मानिसले केही दाउरा बालेर आफ्नो लागि रोटी बनाउँछ तर मानिसले त्यही रूखलाई अथवा त्यस रूखको केही अंशबाट देवता बनाउँछ अनि त्यस देवतालाई पूज्न थाल्दछ। त्यो देवता मानिसले बनाएको मूर्ति हो तर मानिस त्यस मूर्ति समक्ष झुक्छन्।

Cross references

न्यायकर्ता 2:19

तर जब हरेक न्यायकर्त्ताको मृत्यु हुन्थ्यो, इस्राएलका मानिसहरू फेरि पाप गर्न अनि असत्य देवताहरूको पूजा गर्न शुरू गर्थे। इस्राएलका मानिसहरू अति हठी थिए? तिनीहरूले आफ्ना कुकर्म छोडन् अस्वीकार गरे।

2 इतिहास 25:14

अमस्याह एदोमी मानिसहरूलाई परास्त गरे पछि घर आए। तिनले सेइरका मानिसहरूले पूजा गर्ने मूर्तिहरू ल्याए। अमस्याहले ती मूर्तिहरूको पूजा गर्न शुरू गरे। तिनी ती मूर्तिहरू अघि झुके अनि तिनीहरूका निम्ति धूप बाले।

यशैया 2:8

तिनीहरूको देश मूर्तिहरूले भरिएका छन्। त्यहाँ तिनीहरूले मूर्तिहरू बनाएर नै पुज्दछन्।

यशैया 44:10

कसले ती झूटा देवताहरू बनाए? कसले ती व्यर्थका मूर्तिहरू बनाए?

यशैया 45:20

“त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला हौऊ। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्। जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्।

प्रकाश 9:20

पृथ्वीका अन्य मानिसहरु बिषालु पदार्थले मारिएनन्। तर यी मानिसहरुले आफ्नो हृदय अनि जीवन परिवर्तन गरेनन् अनि तिनीहरुले आफ्नैै हातले निर्माण गरेका कुराहरुबाट तिनीहरुले मुख फर्काएनन्। तिनीहरुले दानवहरु अनि सुन, चाँदी, काँसा, पत्थर अनि काठमूर्तिलाई जो देख्न वा सुन्न वा हिँडन सक्तैनन्, पूजा गर्न छाडेनन्।

Interlinear

Choose Theme