मिद्यान र एपाबाट आएका ऊँटहरूले तिमीहरूका धर्ती पार गर्ने छन्। शेबाबाट आएका ऊँटहरूका लस्करले सुन र सुगन्धित वस्तु लिएर आउनेछन्। मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्।
Cross references
कूशका छोहरु थिए-सबा, हवीला, सबता, रामा र सबतका। रामाका छोराहरु थिए-शबा र ददान।
योक्षान, शबा अनि ददानका बुबा थिए। ददानका सन्तानहरू, अश्शूरी, लतूशी अनि लऊम्मी हुन्।
एपा, एपेर, हनोक अबीदा अनि एल्दा मिद्यानका छोराहरू थिए। अब्राहाम र कतुराको विवाहबाट यी नानीहरू भए।
इश्माएलका छोराहरूको नाउँ यस प्रकार थियो। पहिलो छोरो नबायोत थियो। त्यसपछि जन्मनेहरूको सूची अनुसार केदार, अबदेल, मिब्साम,
सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ। किन? किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ, उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्। उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ। अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शुद्ध बनाउनु हुनेछ।”
मिद्यानका मानिसहरू माथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आफ्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल झैं धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश पारे।
मिद्यानका मानिसहरू, अमालेकका मानिसहरू, अनि पूर्वका सबै अन्य मानिसहरू त्यस बेंसीमा छाउनी लाएर बसेका थिए। त्यहाँ यति धेरै मानिसहरू थिए कि तिनीहरू सलहका हूल झैं देखिन्थे। ती मानिसहरू समुद्रको किनारमा बालुवाको कण जस्तै धेरै तिनीहरूसंग ऊँटहरू पनि थिए।
तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्।
यसर्थ हजाएल एलीशालाई भेट्न गयो। हजाएलले आफूसँगै उपहार पनि लग्यो। उसले दमीशकबाट सबै प्रकारका राम्रा चीजहरू लिएर गयो। प्रत्येक चीज बोक्नका लागि 40 वटा ऊँटहरू थिए। हजाएल एलीशाकहाँ पुग्यो। हजाएलले भन्यो, “तपाईको अनुयायी, अरामका राजा बेनहददले मलाई तपाईकहाँ पठाएका हुन्। उनी सोध्छन्। के उनी आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछन्?”
जोनाथनका छोराहरू पेलेत र जाजा थिए। यो यरहमेलका सन्तानको सूची थियो।
शबाकी रानीले सुलेमानको किर्तिको विषयमा सुनिन्। तिनी सुलेमानलाई कठिन प्रश्नहरू द्वार परीक्षा गर्न यरूशलेम आइन्। शबाकी रानीका साथ एक विशाल समूह थियो। तिनीसित ऊँटहरू थिए जसले मसला, प्रचुरमात्रामा सुन अनि बहुमूल्य रत्नहरू बोकेका थिए। तिनी सुलेमान कहाँ आइन् र तिनीसित कुरा-कानी गरिन्। तिनीसित सुलेमानलाई सोध्ने अनेक प्रश्नहरू थिए।
प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकून्। किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ। अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।
तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।
राजाको दीर्घायु होस्! अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्। सधैं राजाको निम्ति प्रार्थना गर। प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
नेगव क्षेत्रका पशुहरूको निम्ति एउटा शोक सन्देश नेगव एउटा भयानक ठाउँ हो। यो ठाउँ सिंहहरू, विषालु सर्पहरू र उडने सर्पहरूले भरिएकोछ। तर केही मानिसहरू नेगव भएर यात्रा गर्छन्, तिनीहरू त्यस ठाउँमा गइरहेकाछन् जुन ठाउँले तिनीहरूलाई सघाउन सक्तैन्। तिनीहरूले आफ्नो धन-सम्पत्ति गधाहरूको पिठ्यँूमाथि चढाएकाछन्। तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू ऊँटहरूको पिठ्यूँमाथि चढाएकाछन्। यसको तात्पर्य हो अरू राष्ट्रहरूमाथि भर पर्ने मानिसहरूलाई यसले सहयोग गर्दैन्।