तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्।
Cross references
जब परमप्रभुले अब्राहामसित कुरा गरि सक्नु भयो अनि जानु भयो। अनि अब्राहाम आफ्नो घर गए।
बत्तिको निम्ति तेल, अभिषेक तेलको निम्ति मसला, अनि सुगन्धित धूपको लागि मसला।
तब शीबाकी रानीले राजालाई लगभग 120 तोडा सुन दिइन्। उनले तिनलाई धेरै मसालाहरू र रत्नहरू पनि दिइन्। शीबाकी रानीले सुलेमानलाई अरू कसैले इस्राएलमा ल्याएको भन्दा बढी नै मसाला दिइन्।
तब अरामका राजाले भने, “अहिले जाऊ र म इस्राएलका राजालाई एउटा पत्र पठाउने छु।”यसकारण नामान इस्राएल गए। नामानले आफूसँग केही उपहारहरू लगे। नामानले दश तोडा चाँदी, 6,000 शेकेल सुनका टुक्राहरू र दश जोर लुगा लिएर गए।
यसकारण नामान आफ्ना घोडाहरू अनि रथहरूसँगै एलीशाको घरमा आए अनि ढोकाको बाहिर उभिए।
हिजकियाहले बाबेलबाट आएका मानिसहरूको स्वागत गरे र तिनीहरूलाई आफ्नो घरमा भएका सबै बहूमुल्य चीजहरू देखाए। उनले तिनीहरूलाई आफ्नो भन्डारमा भएको चाँदी, सुन, मसाला, बहूमुल्य सुगन्धित तेल, हतियारहरू र सबै थोक देखाइदिए। हिजकियाहको महल र सम्पूर्ण राज्यमा नदेखाएको कुनै पनि थोक रहेन।
“यदि मैले केही भने के तिमी रिसाउँदैनौ? जुन नभनी म रहन सक्तिनँ।
यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।
तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।
मिद्यान र एपाबाट आएका ऊँटहरूले तिमीहरूका धर्ती पार गर्ने छन्। शेबाबाट आएका ऊँटहरूका लस्करले सुन र सुगन्धित वस्तु लिएर आउनेछन्। मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्।
शबा अनि रामाहका व्यापारीहरू पनि तिमीसँग व्यापार गर्थे। तिनीहरूले तिमीले बेचेको चीजको सट्टामा सर्वोत्तम मसाला, हरेक प्रकारको रत्न अनि सुन दिन्थे।
जब तिनीहरू यी कुराहरू गरिरहेका थिए, येशू आफै तिनीहरूको नजिक आउनुभयो अनि तिनीहरूसंगै हिंडनु भयो।
अर्कोदिन आग्रिपा र र्बणिस निकै गर्वकासाथ आए। तिनीहरू न्यायालयभित्र सेनापतिहरू र शहरका प्रमुख मानिसहरू लिएर पसे। अग्रिपा र र्बणिस, सैन्य अधिकारी, सिजरियाका प्रमुख मानिसहरू न्याय-कक्षमा गए। फेस्तसले सिपाहीहरूलाई पावललाई भित्र ल्याउनु भनेर हुकूम गरे