प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकून्। किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ। अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।
Cross references
साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रमाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।”
सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ। किन? किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ, उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्। उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ। अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शुद्ध बनाउनु हुनेछ।”
यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।
म भन्दछु, “तिमीहरू देवताहरू हौ। तिमीहरू एकदम सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।
जाति-जातिहरूलाई घोषणा गर। परमप्रभु नै राजा हुन्, ताकि संसार नष्ट नहोस्। परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार! पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं। परमप्रभुको सम्मुख गाऊ किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ। उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ। उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।
हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्। तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ। तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।
परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ, टाढा देशहरूमा भएका सारा मानिसहरू, समुद्रमा यात्रा गर्ने सारा मानिसहरू, सागरहरूमा भएका सारा पशु-प्राणीहरू, टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!
ए बाँझी स्त्रीहरू हो, खुशी होऊ! तिमीहरूका नानीहरू छैनन्, तर तिमीहरू खुशी हुनुपर्छ। परमप्रभु भन्नुहुन्छ, “त्यो स्त्री जो एक्लै छे, लोग्ने भएका स्त्रीहरू भन्दा उसको धेरै नानीहरू हुनेछन्।”
मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ। मैले दाऊदलाई वचन दिएँ कि उ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”
मिद्यान र एपाबाट आएका ऊँटहरूले तिमीहरूका धर्ती पार गर्ने छन्। शेबाबाट आएका ऊँटहरूका लस्करले सुन र सुगन्धित वस्तु लिएर आउनेछन्। मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्।
तिनीहरूले उसलाई भने, “प्रभु येशूमा विश्वास गर तब तिमी र तिम्रो घरका मानिसहरूले मुक्ति पाउनेछन्।”
तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफै प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ।
धर्मशास्त्रले यसो पनि भन्छः“तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।”
धर्मशास्त्रमा यो लेखिएको छः“खुशी होऊ हे बाँझी नारी! जसले कुनै बालकलाई जन्म दिनु सकिनौ, र्हषले कराऊ, जोडले चिच्याऊ कि प्रसव पीड तिमीले कहिल्यै अनुभव गरिनौ। त्यो नारी जसको पति छैन, उसैका धेरै सन्तान होलान्, पतिसितै रहने स्त्रीको बरू छोरा-छोरी नहोलान्।”
सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरु भयो। आवाजहरुले भने,”“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ। अनि उहाँले सदासर्वदा शासन गर्नेछन्।”