Home Bibles ☰ Books भजनसंग्रह 67:4 · नेपाली बाइबल
भजनसंग्रह 67:4 · नेपाली बाइबल

प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकून्। किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ। अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।

Cross references

उत्पत्ति 18:25

साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रमाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।”

व्यवस्था 32:43

सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ। किन? किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ, उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्। उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ। अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शुद्ध बनाउनु हुनेछ।”

भजनसंग्रह 2:8

यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।

भजनसंग्रह 9:8

परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।

भजनसंग्रह 82:6

म भन्दछु, “तिमीहरू देवताहरू हौ। तिमीहरू एकदम सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।

भजनसंग्रह 96:10

जाति-जातिहरूलाई घोषणा गर। परमप्रभु नै राजा हुन्, ताकि संसार नष्ट नहोस्। परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।

भजनसंग्रह 98:9

हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार! पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं। परमप्रभुको सम्मुख गाऊ किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ। उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ। उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।

भजनसंग्रह 138:4

हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।

यशैया 24:14

छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्। तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ। तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।

यशैया 42:10

परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ, टाढा देशहरूमा भएका सारा मानिसहरू, समुद्रमा यात्रा गर्ने सारा मानिसहरू, सागरहरूमा भएका सारा पशु-प्राणीहरू, टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!

यशैया 54:1

ए बाँझी स्त्रीहरू हो, खुशी होऊ! तिमीहरूका नानीहरू छैनन्, तर तिमीहरू खुशी हुनुपर्छ। परमप्रभु भन्नुहुन्छ, “त्यो स्त्री जो एक्लै छे, लोग्ने भएका स्त्रीहरू भन्दा उसको धेरै नानीहरू हुनेछन्।”

यशैया 55:4

मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ। मैले दाऊदलाई वचन दिएँ कि उ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”

Interlinear

Choose Theme