Home Bibles उत्पत्ति 10:7 · नेपाली बाइबल
उत्पत्ति 10:7 · नेपाली बाइबल

कूशका छोहरु थिए-सबा, हवीला, सबता, रामा र सबतका। रामाका छोराहरु थिए-शबा र ददान।

Cross references

उत्पत्ति 2:11

ती शाखाहरुमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ।

1 राजा 10:1

शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्।

अय्यूब 1:15

शबाईका मानिसहरूले हामीमाथि आक्रमण गरे अनि तपाईंका पशुहरू लगे। ती मानिसहरूले अन्य नोकरहरूलाई पनि मारे। यो समाचार तपाईंलाई दिन म मात्र बाँचे।”

भजनसंग्रह 72:10

तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।

यशैया 21:13

अरब बारे एउटा शोक सन्देश ददानका मरूभूमिका यात्री समूहले! अरब मरूभूमिको रूखहरूमाझ रात बिताए।

इजकिएल 27:15

रोडसका मानिसहरू तिमीसित व्यापार गर्थे। तिमीले आफ्नो चीजहरू धेरै ठाउँमा बेच्थ्यौ। मानिसहरूले तिम्रा चीजहरूको दाम तिर्न हात्तीको दाँत अनि काली काठ दिन्थे।

इजकिएल 27:20

ददानको राम्रो व्यापार थियो। उसले तिमीसँग घोडाको जीनको पोशाकको व्यापार गर्थ्यो।

इजकिएल 27:22

शबा अनि रामाहका व्यापारीहरू पनि तिमीसँग व्यापार गर्थे। तिनीहरूले तिमीले बेचेको चीजको सट्टामा सर्वोत्तम मसाला, हरेक प्रकारको रत्न अनि सुन दिन्थे।

Interlinear

Choose Theme