नेगव क्षेत्रका पशुहरूको निम्ति एउटा शोक सन्देश नेगव एउटा भयानक ठाउँ हो। यो ठाउँ सिंहहरू, विषालु सर्पहरू र उडने सर्पहरूले भरिएकोछ। तर केही मानिसहरू नेगव भएर यात्रा गर्छन्, तिनीहरू त्यस ठाउँमा गइरहेकाछन् जुन ठाउँले तिनीहरूलाई सघाउन सक्तैन्। तिनीहरूले आफ्नो धन-सम्पत्ति गधाहरूको पिठ्यँूमाथि चढाएकाछन्। तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू ऊँटहरूको पिठ्यूँमाथि चढाएकाछन्। यसको तात्पर्य हो अरू राष्ट्रहरूमाथि भर पर्ने मानिसहरूलाई यसले सहयोग गर्दैन्।
Cross references
मिश्रीहरूले इस्राएलीहरूको जीवन कठिन बनाइ दिए। मिश्रीहरूले इस्राएलीहरूलाई ईंटा र त्यसको मसला बनाउँने जस्ता कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन काम गर्न वाध्य गराए। तिनीहरूलाई खेतमा पनि कठिन कामहरू गर्न जोर दिए। तिनीहरूले गर्ने प्रत्येक काममा नै इस्राएलीहरूलाई सह्रै कठिन अप्ठयारोमा पारे।
यसर्थ मिश्र देशका कमारा मालिकहरू र हिब्रू परिदर्शकहरू इस्राएली मानिसहरू कहाँ गए र भने, “तिमीहरूलाई ईंटा बनाउन फिरऊनले पराल नदिने निर्णय लिएका छन्।
यसर्थ परमप्रभुले मानिसहरूको माझमा विषालु सर्पहरू पठाईदिनुभयो र तिनीहरूले धेरै मानिसहरूलाई डसेर मार्यो। यसरी इस्राएलका धेरै मानिसहरू मरे।
तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।
परमप्रभुले तिमीहरूलाई सर्प र बिच्छीहरूले भरिएको सूखा मरूभूमि हुँदै ल्याउनु भयो। त्यस ठाउँमा पानी थिएन। यसकारण उहाँले तिमीहरूका लागि ढुङ्गाहरूबाट पानी निकाल्नु भयो।
राजाले आफ्नो निम्ति धेरै-धेरै घोडाहरू राख्नु हुँदैन अनि उनले मानिसहरूलाई धेरै घोडाहरू लिनु मिश्र देश पठाउनु हुँदैन। किन? किनभने परमप्रभुले तिमीहरूलाई भन्नु भएको छ, ‘तिमीहरू कहिल्यै त्यो बाटो फर्केर जाने छैनौ।’
तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्।
शबाकी रानीले सुलेमानको किर्तिको विषयमा सुनिन्। तिनी सुलेमानलाई कठिन प्रश्नहरू द्वार परीक्षा गर्न यरूशलेम आइन्। शबाकी रानीका साथ एक विशाल समूह थियो। तिनीसित ऊँटहरू थिए जसले मसला, प्रचुरमात्रामा सुन अनि बहुमूल्य रत्नहरू बोकेका थिए। तिनी सुलेमान कहाँ आइन् र तिनीसित कुरा-कानी गरिन्। तिनीसित सुलेमानलाई सोध्ने अनेक प्रश्नहरू थिए।
आसाले परमप्रभुको मन्दिरको भण्डार गृहहरूमा भएका सुन अनि चाँदी निकाले। तिनले राज भवनबाट सुन अनि चाँदी निकाले। तब आसाले बेन-हदद कहाँ संन्देश बाहक पठाए। बेनहदद अरामका राजा थिए, अनि तिनी दमीशक शहरमा बस्दथे। आसाको संन्देश थियो।
अश्शूरका राजा तिग्लत पिलेसेर आए अनि आहाजलाई सहायता गर्नका सट्टा कष्ट दिए।
एउटा जङ्गली साँढे अति बलियो हुन्छ। तर तिम्रो काम गराउँनलाई त्यसमाथि विश्वास गर्न सक्छौ?
यदि तिमीहरूले आफ्नै देशको वरिपरि हेर्यौ भने तिनीहरूले संकष्ट र उदासपूर्ण अन्धकार मात्र देख्नेछौ - त्यसता अन्धकारमय नैराश्यले गर्द। आफ्नो देश त्यागेर जान वाध्य हुनेछौ। अनि जो मानिसहरू त्यस्तो अन्धकारमय पासोमा पर्छन तिनीहरू आफूलाई स्वतन्त्र पार्ने योग्यका सम्म बन्दैनन्।