Home Bibles यशैया 46:1 · नेपाली बाइबल
यशैया 46:1 · नेपाली बाइबल

बाल देवता अनि नबो देवता, मेरो समक्ष झुक्नेछन्। ती झूटा देवताहरू मूर्ति मात्र हुन्। मानिसहरूले ती मूर्तिहरू पशुहरूका ढाडहरूमाथि राख्दछन ती मूर्तिहरू खाली बोक्नको भारी मात्र हुन्।

Cross references

प्रस्थान 12:12

“आज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ।

1 शमूएल 5:3

भोलिपल्ट बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति घोप्टो परेर परमेश्वरको पवित्र सन्दूक अघि भूईमा लडिरहेको देखे। अश्दोदका मानिसहरूले फेरि त्यो मूर्ति त्यसको ठाउँमा उभ्याए।

अय्यूब 39:11

एउटा जङ्गली साँढे अति बलियो हुन्छ। तर तिम्रो काम गराउँनलाई त्यसमाथि विश्वास गर्न सक्छौ?

यशैया 2:20

त्यतिबेला मानिसहरूले आफ्ना सुन र चाँदीका मूर्तिहरू फ्याँकि दिनेछन्। ती मूर्तिहरू मानिसहरूले पुज्न सकुन भनेर उनीहरूले नै बनाएका थिए। मानिसहरूले ती मूर्तिहरू पृथ्वीका प्वालहरूमा फ्याँकिदिनेछन् जहाँ चमेराहरू र छुचुन्द्रा बस्छन्।

यशैया 21:9

हेर! तिनीहरू आइरहे छन्! मानिसहरूका लस्कर र घोडचडी सिपाहीहरूका लस्कर म देख्छु।”तब एउटा सन्देशवाहकले भन्यो, “बाबेल पराजित भयो। बाबेलको पतन भयो। उसका सारा झूटा देवताका मूर्तिहरू भूईंमा बजार्दै फ्याँकिए अनि ती सबै टुक्रा-टुक्रा भए।”

यशैया 41:6

“कर्मीहरू एकार्कामा सहयोग गर्छन आपस साथ निभाउँदछ। तिनीहरू बलियो हुनलाई परस्परमा प्रेरणा दिन्छन्।

यर्मिया 10:5

मूर्तिहरू खेतमा राखेको तर्साउने पुतला जस्तै हुन्। तिनीहरू बोल्दैनन्। तिनीहरूलाई बोक्न पर्छ किनभने तिनीहरू हिंड्न सक्तैनन्। तिनीहरूलाई आदर नगर! तिनीहरूले नोक्सान अथवा सहायता गर्नु सक्तैन।”

यर्मिया 48:1

यो सन्देश मोआब देशसित सर्म्पकित छ। सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ“पर्वत नबोको दुर्भाग्य सामुन्ने छ। यो ध्वंस हुनेछ। किर्यातैमको शहर लज्जित हुनेछ अनि कब्जामा पर्नेछ। ती बलिया किल्लाहरू लज्जित तथा हतोत्साही हुनेछन्।

यर्मिया 48:7

तिमीहरूले आफ्नो काम र धनमा भरोसा गर्यौ। यसकारण तिमीहरू कैदमा पर्यौ। उसका अधिकारीहरू र पूजाहारीहरूसितै कमोशलाई देश निष्कासन गरियो।

यर्मिया 50:2

“प्रत्येक जाति-जातिलाई यो घोषण गर, झण्डा उठाऊ र सन्देश प्रचार गर। सम्पूर्ण सन्देश सुनाऊ र भन, ‘बाबेलको राज्य कब्जा गरिनेछ। बाल देवता लाजको पात्र हुनेछ। मरोदक देवता भयभीत हुनेछ। बाबेलका मूर्तीहरू लज्जित हुनेछन्। उसका देवताका मूर्तिहरू त्रासित हुनेछन्।’

यर्मिया 51:44

म बाबेलको बाललाई दण्ड दिनेछु। उसले जे-जे निलेको छ त्यसलाई उल्टी गराउँछु। बाबेलमा जाति-जातिहरूका मानिसहरू अब उसो आउने छैनन्। बाबेलको पर्खाल ढल्नेछ।

यर्मिया 51:47

निसन्देह समय आउने छ जब म बाबेलका झूटा देवताहरूलाई सजाय दिनेछु अनि बाबेलका सारा देश लाजले पानी हुनेछ। बाबेलका गल्लीहरूमा धैरे लाशहरू लडिरहेका हुनेछन्।

यर्मिया 51:52

परमप्रभु भन्नुहुन्छ, “समय आइरहेछ, जब म बाबेलका मूर्तिहरूलाई न्याय-दण्ड दिनेछु। त्यो देशका चारैतिर चोटहरूमा रूनेछन्।

दानियल 11:8

उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही वर्षकोलागि उत्तरको राजालाई एक्लै छोडने छन।

Interlinear

Choose Theme