Home Bibles व्यवस्था 8:15 · नेपाली बाइबल
व्यवस्था 8:15 · नेपाली बाइबल

परमप्रभुले तिमीहरूलाई सर्प र बिच्छीहरूले भरिएको सूखा मरूभूमि हुँदै ल्याउनु भयो। त्यस ठाउँमा पानी थिएन। यसकारण उहाँले तिमीहरूका लागि ढुङ्गाहरूबाट पानी निकाल्नु भयो।

Cross references

प्रस्थान 17:5

परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएली मानिसहरूअघि जाऊ र तिनीहरूबाट केही बूढाप्रधानहरूलाई तिमीसंगै लैजाऊ। र आफ्नो लहुरो पनि ल्याऊ। त्यो लहुरो त्यही हो जुन तिमीले नील नदीमा हिर्काउनमा प्रयोग गरेका थियौ।

प्रस्थान 17:6

म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।”मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे।

गन्ती 20:11

तब मोशाले हात उठाएर त्यस चट्टान माथि दुइ पल्ट आफ्नौ लौरोले हिर्काए अनि प्रशस्त पानी बाहिर निस्कयो। मानिसहरू र पशुहरूले पानी पिए।

गन्ती 21:6

यसर्थ परमप्रभुले मानिसहरूको माझमा विषालु सर्पहरू पठाईदिनुभयो र तिनीहरूले धेरै मानिसहरूलाई डसेर मार्यो। यसरी इस्राएलका धेरै मानिसहरू मरे।

व्यवस्था 1:19

“तब परमप्रभु हाम्रा परमेश्वरको आज्ञा मानेर हामीले होरेब पर्वत छाडी एमोरी मानिसहरूको पहाडी देशको यात्रा गर्यौ अनि तिमीहरूले देखेको विशाल अनि भयंकर मरूभूमि भएर कादेश बर्नेमा पुग्यों।

व्यवस्था 32:13

परमप्रभुले याकूबलाई पहाडी देशलाई कब्जा गर्न लानु भयो अनि याकूबले खेतको उब्जनी लगे। परमप्रभुले उसलाई पहराको मह दिनुभयो, अनि भद्राक्षको तेल चट्टानबाट निकालेर बनाउनु भयो।

भजनसंग्रह 78:15

परमेश्वरले चट्टानलाई मरूभूमिमा फोर्नु भयो।जमीनको भित्री तहबाट उहाँले मानिसहरूलाई पानी दिनुभयो।

भजनसंग्रह 105:41

परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो अनि त्यहाँबाट भुलभुल पानी निस्क्यो। मरूभूमिमा नदी बग्न थाल्यो।

भजनसंग्रह 114:8

परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो। परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।

भजनसंग्रह 136:16

परमेश्वरले आफ्नो मानिसहरूलाई मरूभूमि भएर डोर्याउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

यशैया 35:7

बल्दै गरेको तातो भूमिमा पानीको धाराहरू हुनेछ। सुखा ठाउँहरूमा इनारहरू हुनेछन्। भूईंबाट पानी बग्नेछ। त्यहाँ अग्ला जलीय रूखहरू उम्रिनेछन् जहाँ एक समय पशुहरूले शासन गरेका थिए।

यशैया 63:12

परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो। मोशालाई डोर्याउनकोलागि परमप्रभुले आफ्नो अद्भुत शक्ति प्रयोग गर्नभयो। परमप्रभुले पानीलाई दुइ भागमा विभाजन गर्नु भयो ताकि मानिसहरू समुद्रबाट हिड्न सकुन्। त्यस्ता महान कुराहरू गरेर परमप्रभुले आफ्नो नाउँ प्रख्यात पार्नुभयो।

यर्मिया 2:6

तिम्रा पिता-पुर्खाहरूले भनेनन्, ‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो। परमप्रभुले हामीलाई अँध्यारो र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो। परमप्रभुले हामीलाई सुखा र उजाड भूमिमा डोर्याउन भयो। परमप्रभुले हामीलाई अंन्घकार र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्। त्यहाँ डोर्याउनु भयो। तिनीहरूले सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ?”“

होशे 13:5

उजाड भूमि तथा खडेरी परेको देशमा म तिमीहरूलाई चिन्थें।

1 कोरिन्थी 10:4

अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक पहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो पहरा ख्रीष्ट हुनुहुन्थ्यो।

Interlinear

Choose Theme