Home Bibles ☰ Books यशैया 30:5 · नेपाली बाइबल
यशैया 30:5 · नेपाली बाइबल

तर तिनीहरू निराश हुने छन्। तिनीहरू एक अर्का जातिमाथि भरपरि रहेका छन् जसले तिनीहरूलाई सघाउन सक्तैनन्। मिश्र काम न दामको छ मिश्रले साथ दिने छैन। मिश्रको कारणले लाज र गिल्ला पार्नेछ।”

Cross references

यशैया 20:5

मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।”

यशैया 30:7

त्यो मिश्र एकदमै व्यर्थको जाति हो। मिश्रको सहयोग व्यर्थको छ। यसैले मैले मिश्रलाई भनें, “केही पनि नगरी बस्ने राहाब हो।”

यशैया 30:16

तिमीहरू भन्छौ, “होइन, हामीलाई भाग्नकालागि घोडाहरू चाहिन्छन्।” त्यो सत्य हो तिमीहरू घोडाहरूमा चढेर भाग्नेछौ। तर तिम्रो शुत्र चाँडै तिम्रो पछि लाग्नेछ अनि तिमीलाई भेटनेछ।

यशैया 31:1

मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।

यर्मिया 2:36

तिमी लक्ष्य सजिलै बद्लिन्छौ! तिमी अश्शूर पट्टि फर्क्यौ अनि तिनीहरूले तिमीलाई लज्जित बनाए। यसकारण, तिमी मिश्रपट्टि फर्क्यौ अनि तिनीहरूले पनि तिमीलाई लज्जित तुल्याए।

Interlinear

Choose Theme