Home Bibles ☰ Books यशैया 26:10 · नेपाली बाइबल
यशैया 26:10 · नेपाली बाइबल

यदि तपाईंले तिनीहरूलाई करूणा दर्शाउनु भयो भने दुष्ट मानिसहरूले राम्रो काम गर्न सिक्ने छैनन्। उनीहरू राम्रो संसारमा बसे ता पनि दुष्ट मानिसहरूले अनिष्ट कामहरू मात्र गर्दछन्। त्यो दुष्ट मानिसले कहिले पनि परमप्रभुको महानता देख्ने छैन।

Cross references

प्रस्थान 8:15

फिरऊनले देखे तिनीहरू भ्यागुताहरूबाट मुक्त भए अनि फेरि उनी अट्टेरी भए मोशा र हारूनले जे गर्नु भनेका थिए फिरऊनले गरेनन्। त्यस्तै नै भयो जो परमप्रभुले भने।जुम्राहरू

प्रस्थान 8:31

मोशाले विन्ती गरे जस्तै नै परमप्रभुले गर्नु भयो। परमप्रभुले फिरऊन, उसका अधिकारीहरू र उसका मानिसहरूका घरहरूबाट झीगाहरू हटाइदिनु भयो। झोंगा एउटा रहेन।

प्रस्थान 9:34

जब फिरऊनले असिना पानी अनि गर्जन रोकिएको देखे उनले फेरि परमेश्वरको विरूद्ध पाप गरे, फिरऊन र उसका अधिकारीहरू अट्टेरी भए।

व्यवस्था 32:15

तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने। हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ, तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे, अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।

1 शमूएल 15:17

शमूएलले भने, “विगतमा, तपाईंले आफैलाई तुच्छ सम्झनु हुन्थ्यो। तर त्यसपछि तपाईं इस्राएलका कुलहरूका अगुवा हुनुभयो। इस्राएलको राजाको रूपमा परमप्रभुले तपाईंलाई चुन्नुभयो।

2 राजा 13:6

तर इस्राएलीहरूले अझै पनि यारोबामको परिवारले गरेको पाप कर्म बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप फिंजियो। इस्राएलीहरूले यारोबामले गरेको पाप गरिनै राखे। तिनीहरूले अशेराको खाँबोलाई सामरियामा राख्ने काम गरे।

भजनसंग्रह 28:4

हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्। यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्। तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्।

भजनसंग्रह 78:54

परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँकै पवित्र स्थानतिर डोर्याउनु भयो उहाँले आफ्ना मानिसहरूलाई आफ्नो शक्तिले बनाउनु भएको पर्वत तिर डोर्याउँनु भयो।

भजनसंग्रह 106:43

परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बचाइदिनु भयो। तर तिनीहरू उहाँकै विरूद्ध उठे अनि आफ्ना इच्छा अनुसार काम गरे। तिनीहरूले धेरै भन्दा धेरै अनुचित कामहरू गरे।

भजनसंग्रह 143:10

तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।

हितोपदेश 1:32

अनुभवहीन मानिसहरू बरालिन्छन् अनि मर्छन्, मुर्खहरू कुनै विषयमा चिन्तित हुदैनन् अनि यसले तिनीहरूलाई नष्ट गर्नेछ।

उपदेशक 3:16

यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ।

उपदेशक 8:11

कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिच्किचाउँदैनन्।

Interlinear

Choose Theme