Home Bibles मीका 2:10 · नेपाली बाइबल
मीका 2:10 · नेपाली बाइबल

उठ, अनि यहाँबाट भाग! त्यो विश्राम गर्ने ठाउँ हैन। किनभने यो ठाउँ पवित्र छैन्, यो नष्ट भएर गयो, यो डरलाग्दो विनाश हो।

Cross references

लेवी 18:24

“तिमीहरू आफैं त्यस्ता अधर्म कर्महरू नगर कारण म त्यस्ता अधर्म कर्म गर्नेहरूलाई तिनीहरूको देशबाट निकाल्दैछु।

लेवी 20:22

“म तिमीहरूलाई जुन देशमा लाँदैछु त्यहाँ तिमीहरू बस्नेछौ। मेरो विधि-विधानहरू सम्झना गर अनि पालन गर। यदि तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्छौ भने तिमीहरू त्यस देशबाट निकालिने छैनौ।

व्यवस्था 4:26

यसकारण, म तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ।

व्यवस्था 12:9

किन? किनभने अहिलेसम्म तिमीहरू विश्रामस्थान अनि उत्तराधिकारका ठाउँमा पसेका छैनौ जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिंदै आउनु भएको छ।

व्यवस्था 30:18

तब तिमीहरू ध्वंश हुनेछौ। म तिमीहरूलाई चेताउनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ।

यहोशू 23:15

परमप्रभु तिमीहरूका परमेश्वरले हामी प्रति गर्नु भएको हरेक उत्तम प्रतिज्ञा सत्य भएको छ। तर त्यसरी नै परमप्रभुले उहाँका अन्य प्रतिज्ञाहरूलाई सत्य तुल्याउनु हुनेछ। उहाँले वचन दिनु भएको छ कि यदि तिमीहरूले नराम्रो कुरा गर्यौ भने तिमीहरू माथि नराम्रा कुराहरू घट्नेछन्। उहाँले वचन दिनु भएको छ कि उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमिबाट निक्लन तिनीहरूलाई उहाँले बाध्य तुल्याउनु हुनेछ।

1 राजा 9:7

तब म इस्राएललाई त्यो भूमि छोडन वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुसरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु।

2 राजा 15:29

अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।

2 राजा 17:6

अश्शूरका राजाले इस्राएलका राजा होशेको नवौं वर्षको अवधिमा सामरियालाई कब्जामा लिए। अश्शूरका राजाले धेरै इस्राएलीहरूलाई पक्रे र बन्दीको रूपमा अश्शूर लगे। उनले तिनीहरूलाई हलहमा गोजान, नदीको किनार हाबोर र माहीहरूका शहरहरूमा छोडी दिए।

2 इतिहास 7:20

तब म इस्राएलका मानिसहरूलाई मैले तिमीहरूलाई दिएको देशबाट बाहिर निकाल्ने छु। अनि म यो मन्दिरलाई त्याग्ने छु जसलाई मैले आफ्ना नाउँका निम्ति पवित्र तुल्याएको छु। म यो मन्दिरलाई केही यस्तो बनाउने छु जसमा कि सबै राष्ट्रहरूले यसको बारेमा नराम्रा कुरा गर्ने छन्।

2 इतिहास 36:20

नबूकदनेसरले ती मानिसहरूलाई बाबेल फर्काइ लगे जो अझ जीवित थिए अनि तिनीहरूलाई दास हुन बाध्य तुल्याए। ती मानिसहरू फारस राज्यले बाबेल राज्यलाई परास्त नगरे सम्म दासको रूपमा बाबेलमा बसे।

भजनसंग्रह 95:11

यसैले मेरो रीसमा तिनीहरू मेरो विश्रामको भूमिमा पस्ने छैनन भनी मैले प्रतिज्ञा गरें।”

भजनसंग्रह 106:38

उहाँका भक्तजनहरूले निर्दोष मानिसहरू मारे। तिनीहरूले आफ्नै छोरा-छोरीहरू मारे अनि ती कृत्रिम देवताहरूलाई भोग चढाए।

यर्मिया 3:2

“माथि पहाडको चुचुराहरू हेर, के त्यहाँ कुनै ठाउँ छ जहाँ तिम्रा प्रेमिकाहरूसँग तिमीले प्रेम रचेका छैनौ? अरबी मरूभूमिमा फिरन्ते झैं आफ्नो प्रेमीहरूको प्रतीक्षा तिमी बाटोको किनारमा पर्खेका थियौ। तिमीले भूमि “दूषित” पार्यौ। किनभने तिमीले थुप्रै नराम्रा कामहरू गर्यौ। साथै तिमी मप्रति अभक्त भयौ।

यर्मिया 9:19

“विलापको स्वरहरू सियोन्‌बाट सुनियो ‘हामी साँचि नै ध्वंस्त भयौं। हामी लज्जित छौं कि हामीले आफ्नो भूमि त्याग्नु नै पर्छ, किनभने हाम्रो घरहरू भत्काइयो।”‘

यर्मिया 10:18

परमप्रभु भन्नुहुन्छ “यस समय म यहूदाका मानिसहरूलाई देशबाट बाहिर निकाली दिनेछु। म तिनीहरूमाथि संकटहरू ल्याइदिनेछु ताकि तिनीहरूलाई पक्राइनेछ।”

इजकिएल 36:12

हो, म मेरो मानिस, इस्राएललाई तिम्रो जमीनमा डोह्रयाउनेछु। तिनीहरूले तिमीमाथि अधिकार गर्नेछन् अनि तिमी तिनीहरूका हुनेछौ। तिमीले तिनीहरूलाई फेरि कहिल्यै बाँझो देख्ने छैनौं।”

इजकिएल 36:17

“हे मानिसको छोरो! इस्राएलको परिवार आफ्नो देशमा बसेका थिए। मेरो लागि तिनीहरू रजस्वला भएका स्त्रीहरू जस्तै थिए। तिनीहरूको दुष्ट कामहरूको कारण अशुद्ध भए।

इजकिएल 36:19

मैले उनीहरूलाई राष्ट्रहरूमा तितर-बितर पारें अनि सबै देशमा फैलाएँ। मैले उनीहरूलाई त्यही दण्ड त्यस कामको लागि दिए जुन उनीहरूले गरेका थिए।

हिब्रू 4:1

परमेश्वरले तिनीहरूलाई दिएको प्रतिज्ञा हामीलाई पनि हो। त्यो प्रतिज्ञा यो हो कि हामी प्रवेश गर्न र परमेश्वरको विश्राम लिन सक्छौं। हामी सर्तक हुनुपर्छ कि हामीले त्यो प्रतिज्ञा पाउन चुकनु हुँदैन।

Interlinear

Choose Theme