Home Bibles यर्मिया 2:7 · नेपाली बाइबल
यर्मिया 2:7 · नेपाली बाइबल

परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ, त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले परिपूर्ण छ। मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ। तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्‌यौ।’ मैले तिमीहरूलाई त्यो जमीन दिएँ, तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ।

Cross references

लेवी 18:24

“तिमीहरू आफैं त्यस्ता अधर्म कर्महरू नगर कारण म त्यस्ता अधर्म कर्म गर्नेहरूलाई तिनीहरूको देशबाट निकाल्दैछु।

लेवी 18:25

तिनीहरूले आफ्नो भूमिलाई त्यसरी अशुद्ध बनाएको कारण अहिले त्यो भूमिले आफ्ना मानिसहरूलाई उच्छेद गरिरहेछ।

गन्ती 13:27

तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्।

गन्ती 14:7

यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ।

गन्ती 35:33

“निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यालाई मुक्त पार्ने।

व्यवस्था 6:10

“परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनु हुनेछ जुन उहाँले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिमीहरूलाई समृद्ध र विशाल शहरहरू दिनुहुनेछ जो तिमीहरूले निर्माण गरेको होइन।

व्यवस्था 6:18

तिमीहरूले परमप्रभुलाई प्रसन्न गराउने कामहरू गर्नुपर्छ, जो सही र असल छन्। तब तिमीहरूको निम्ति प्रत्येक चीज नै असल रहनेछ अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई प्रतिज्ञा गर्नु भएको असल भूमिमा जान सक्नेछौ।

व्यवस्था 8:7

परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देश जहाँ खोला-नाला र मूल फुटेको पानी पहाड र बेंसीहरू भएर बग्छन्, त्यहाँ लैजानु हुँदैछ।

व्यवस्था 8:8

त्यो देश जौं, गहुँ, नेभाराको रूख, दाखको बोट, दारिम, भद्राक्षको तेल र महले भरिएको छ।

व्यवस्था 11:10

जुन भूमि तिमीहरू लिंदैछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्थ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्थ्यो।

व्यवस्था 21:23

त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाडनु पर्छ। किन? किनभने त्यो मानिस जसलाई रूखमा झुण्डाइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।

व्यवस्था 32:9

परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन् याकूब परमप्रभुका हुन्।

नहेम्याह 9:25

तपाईंले तिनीहरूका राजाहरू अनि भूमिका मानिसहरू सहित ती तिनीहरूको नियन्त्रण अधिकारमा दिनुभयो, तिनीहरूको खुशी अनुसार ‘जे गरे पनि गरुन्’ भनी। तिनीहरूले किल्ला बन्दी गरेका शहरहरू अनि मलिलो भूमि अधिकारमा लिए। तिनीहरूले हरेक असल वस्तुले भरिपूर्ण घरहरू, खनि सकेका कुवा, दाख वारी अनि भद्राक्षका वृक्षहरू र अनेक फलका बृक्षहरू लिए। यसरी तिनीहरूले पेट भरूञ्जेल खाए र मोटाभए तिनीहरूले तपाईंको महान भला पनको आनन्द लिए।

नहेम्याह 9:26

तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फ्याँके। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति तिनीहरूलाई चेतावनी दिएका थिए। तिनीहरूले तपाईंको विरूद्धमा डरलाग्दा कामहरू गरे।

भजनसंग्रह 78:58

इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए। तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए।

भजनसंग्रह 106:38

उहाँका भक्तजनहरूले निर्दोष मानिसहरू मारे। तिनीहरूले आफ्नै छोरा-छोरीहरू मारे अनि ती कृत्रिम देवताहरूलाई भोग चढाए।

यशैया 19:25

सेनाहरूका परमप्रभुले त्यस देशलाई आशीर्वाद दिनुहुनेछ। उहाँले भन्नु हुनेछ, “मिश्र, तिमीहरू मेरा मानिसहरू हौ। अश्शूर, मैले तिमीलाई बनाएँ। इस्राएल तिमी मेरो सम्पत्ति हौ। तिमीहरू सबै धन्य हौ!”

यर्मिया 3:1

“यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानाम गर्छ र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह, यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरूष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ। तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ। अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।” यो सन्देश परमप्रभुबाट आएको हो।

यर्मिया 3:9

यहूदाले आफू वेश्या झैं कर्म गरिरहेको कुनै ध्यान नै दिएन। यसकारण उसले आफ्नो देश ‘अशुद्ध’ बनाई। उसले चट्टान र काठले बनिएका मूर्तिहरू पूजा गरेर व्यभिचारी पाप गरी।

यर्मिया 16:18

म यहूदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुन क्षतिपूर्ण गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।”

इजकिएल 20:6

त्यसदिन मैले तिमीलाई मिश्रबाट बाहिर ल्याउँने प्रतिज्ञा गरेको थिएँ अनि मैले तिमीलाई त्यस प्रदेशमा ल्याँए जुन मैले तिमीलाई दिँदै थिए। त्यो एउटा राम्रो देश थियो जुन धेरै राम्रो चीजहरूले भरिएको थियो। यो सबै देशहरू मध्ये ज्यादै राम्रो थियो।

इजकिएल 20:24

“‘इस्राएलका मानिसहरूले मेरो आदेशको पालन गरेनन्। तिनीहरूले मेरो नियमहरू पालन गर्न अस्वीकार गरे। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो गरे मानौ तिनीहरू त्यसको महत्व राख्दैनन्। तिनीहरूले आफ्नो पिता-पुर्खाहरूको अपवित्र मूर्तिहरूको पूजा गरे।

इजकिएल 23:35

“यस्तो प्रकारले परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, ‘यरूशलेम, तिमीले मलाई बिर्सियौ। तिमीले मलाई फ्याँकि दियौ अनि पछाडी छोडिदियौ। यसकारण तिमीले मलाई छोडेको अनि वेश्या झैं बाँचेकोमा तिमीले दण्ड भोग्नु पर्नेछ। तिम्रो दुष्ट्याँईका निम्ति तिमीले दण्ड भोग्नुपर्छ।”‘

इजकिएल 36:17

“हे मानिसको छोरो! इस्राएलको परिवार आफ्नो देशमा बसेका थिए। मेरो लागि तिनीहरू रजस्वला भएका स्त्रीहरू जस्तै थिए। तिनीहरूको दुष्ट कामहरूको कारण अशुद्ध भए।

मीका 2:10

उठ, अनि यहाँबाट भाग! त्यो विश्राम गर्ने ठाउँ हैन। किनभने यो ठाउँ पवित्र छैन्, यो नष्ट भएर गयो, यो डरलाग्दो विनाश हो।

Interlinear

Choose Theme