Home Bibles ☰ Books प्रस्थान 9:34 · नेपाली बाइबल
प्रस्थान 9:34 · नेपाली बाइबल

जब फिरऊनले असिना पानी अनि गर्जन रोकिएको देखे उनले फेरि परमेश्वरको विरूद्ध पाप गरे, फिरऊन र उसका अधिकारीहरू अट्टेरी भए।

Cross references

प्रस्थान 4:21

मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु।

प्रस्थान 7:14

तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन अट्टेरी गरिरहेकोछ। उसले मानिसहरूलाई जान दिंदैन।

प्रस्थान 8:15

फिरऊनले देखे तिनीहरू भ्यागुताहरूबाट मुक्त भए अनि फेरि उनी अट्टेरी भए मोशा र हारूनले जे गर्नु भनेका थिए फिरऊनले गरेनन्। त्यस्तै नै भयो जो परमप्रभुले भने।जुम्राहरू

2 इतिहास 28:22

आहाजको कष्टमा तिनले अझ नराम्रो पाप गरे अनि परमप्रभु प्रति अझ अधिक अविश्वासनीय भए।

2 इतिहास 33:23

आमोनले तिनी स्वयंलाई परमप्रभुको समक्ष नम्र तुल्याएनन् जसरी मनश्शे, तिनका पिताले आफूलाई नम्र तुल्याएका थिए। यसकारण आमोन परमेश्वरको सामुन्ने धेरै दोषी थिए।

2 इतिहास 36:13

सिदकियाह राजा नबूकदनेसरको विरूद्ध गए। अतीतकालमा नबूकदनेसरले सिदकियालाई नबूकदनेसर प्रती विश्वासी रहनु भनी प्रतिज्ञा गर्न वाध्य तुल्याएका थिए। सिदकियाहले परमेश्वरको नाउँ लिए अनि नबूकदनेसर प्रति विश्वासी रहने प्रतिज्ञा गरे। तर सिदकियाह ढीट थिए अनि तिनले आफ्नो जीवन बद्लने एवं फर्केर आउने इस्राएलका परमप्रभु परमेश्वरको आज्ञा पालन गर्ने कुरा अस्वीकार गरे।

उपदेशक 8:11

कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिच्किचाउँदैनन्।

रोमी 2:4

के तिमी परमेश्वरका दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ?

Interlinear

Choose Theme