Home Bibles होशे 9:3 · नेपाली बाइबल
होशे 9:3 · नेपाली बाइबल

इस्राएलका मानिसहरू परमप्रभुको देशमा बस्ने छैनन्। एप्रैम मिश्रदेशमा फर्किजानेछ। अश्शूरमा उनीहरूले यस्तो खाना खाने छन् जुन खाना उनीहरूले नखानु पर्नेथियो।

Cross references

लेवी 18:28

यदि तिमीहरूले पनि त्यसै गर्यौ भने ती पहिलेका मानिसहरूलाई जसरी त्यो भूमिले हटाएको थियो तिमीहरूलाई पनि हटाउनेछ।

लेवी 20:22

“म तिमीहरूलाई जुन देशमा लाँदैछु त्यहाँ तिमीहरू बस्नेछौ। मेरो विधि-विधानहरू सम्झना गर अनि पालन गर। यदि तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्छौ भने तिमीहरू त्यस देशबाट निकालिने छैनौ।

लेवी 25:23

“भूमि साँच्चै नै मेरो हो यसकारण तिमीहरूले सदाको निम्ति बेच्न सक्तैनौ। तिमीहरू त मेरो जमीनमा मसँग बस्न आएका परदेशी अथवा यात्रीहरू मात्र हौ।

व्यवस्था 4:26

यसकारण, म तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ।

व्यवस्था 28:63

“तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेटूनेछन्।

व्यवस्था 28:68

परमप्रभुले तिमीहरूलाई जहाजद्वारा मिश्र फर्काउनु हुनेछ मैले तिमीहरूलाई भने, “तिमीहरूले कहिले त्यस ठाउँमा जानु पर्दैन तर परमप्रभुले तिमीलाई त्यहाँ पठाउनु हुनेछ।” मिश्रमा तिमीहरू आफूलाई शत्रुहरू समक्ष कमारा-कमारीको रूपमा बेच्ने चेष्टा गर्नेछौ तर कसैले तिमीलाई किन्ने छैन।

यहोशू 23:15

परमप्रभु तिमीहरूका परमेश्वरले हामी प्रति गर्नु भएको हरेक उत्तम प्रतिज्ञा सत्य भएको छ। तर त्यसरी नै परमप्रभुले उहाँका अन्य प्रतिज्ञाहरूलाई सत्य तुल्याउनु हुनेछ। उहाँले वचन दिनु भएको छ कि यदि तिमीहरूले नराम्रो कुरा गर्यौ भने तिमीहरू माथि नराम्रा कुराहरू घट्नेछन्। उहाँले वचन दिनु भएको छ कि उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमिबाट निक्लन तिनीहरूलाई उहाँले बाध्य तुल्याउनु हुनेछ।

1 राजा 9:7

तब म इस्राएललाई त्यो भूमि छोडन वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुसरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु।

2 राजा 17:6

अश्शूरका राजाले इस्राएलका राजा होशेको नवौं वर्षको अवधिमा सामरियालाई कब्जामा लिए। अश्शूरका राजाले धेरै इस्राएलीहरूलाई पक्रे र बन्दीको रूपमा अश्शूर लगे। उनले तिनीहरूलाई हलहमा गोजान, नदीको किनार हाबोर र माहीहरूका शहरहरूमा छोडी दिए।

यशैया 11:15

परमप्रभु रिसाउनु हुनेछ; र मिश्रको समुद्रलाई दुई भागमा बाँडिदिनुहुनेछ। त्यस्तै प्रकारले, परमप्रभुले युफ्रेटिस् नदीमाथि हात हल्लाउनुहुने छ। उहाँले नदीमाथि हिर्काउनु हुनेछ र त्यो स-साना सातवटा नदीहरूमा बाँडिनेछ। साना नदीहरू गहिरा हुने छैनन्। मानिसहरू आफ्ना जुत्ताहरू नफुकाली ती नदीहरू तर्न सक्नेछन्।

यर्मिया 2:7

परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई राम्रो ठाउँमा ल्याएँ, त्यस्तो ठाउँ जहाँ धेरै असल कुराहरूले परिपूर्ण छ। मैले त्यसो गरेको कारण तिमीहरूले त्यहाँ उब्जने फल र अन्नहरू खान सक्नेछौ। तर तिमीहरूले मेरो धर्ती खाली ‘अशुद्ध गर्‌यौ।’ मैले तिमीहरूलाई त्यो जमीन दिएँ, तर तिमीहरूले त्यसलाई नराम्रो जग्गा बनायौ।

यर्मिया 16:18

म यहूदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुन क्षतिपूर्ण गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।”

इजकिएल 4:13

तब परमप्रभुले भन्नुभयो, “यसले यो देखाउँछ कि इस्राएलका परिवारले विदेशमा अशुद्ध भोजन खानेछन् अनि मैले तिनीहरूलाई इस्राएल छोड्नु अनि विदेशहरूमा जान बाध्य गरें।”

दानियल 1:8

तर राजाले उनीहरूलाई दिनु भनी पठाएको भोजन र दाखरस खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्चय गरे। यसैले आफूलाई अशुद्ध हुन नदिनुहोस् भनी नपुंसकहरूका प्रधानलाई बिन्ति गरे।

होशे 7:11

एप्रैम बुद्धि नभएको मूर्ख ढुकुर जस्तै छ। मिश्रदेशलाई तिनीहरू पुकारा गर्छन्, अश्शूरमा तिनीहरू जान्छन्।

होशे 7:16

तिनीहरू “देवताहरूपट्टि फर्कन्छन् जो वास्तविक देवताहरू होइनन्। “तिनीहरू काठको प्रत्यावर्ती क्षेप्यास्त्र जस्तै हुन। तिनीहरूका अगुवाहरू तिनका क्रोघ पूर्जा वचनले गर्दा तरवारले मारिनेछन्। मिश्रदेशमा तिनीहरूलाई खिसी गरिइएको” कारण यही हो।

होशे 8:13

मेरो भेटीको लागि तिनीहरूले मासु चढाउँछन् र खान्छन्, तर परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न। अब उहाँले तिनीहरूलाई तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ। तिनीहरूलाई मिश्रमा नै फर्काइँनेछ।

होशे 9:6

इस्राएलीहरू पूर्ण रूपले ध्वंश हुने डरले भाग्नेछन्, तर मिश्रदेशले तिनीहरूलाई बटुल्नेछ। अनि मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूको बहुमूल्य चाँदीका वस्तुहरूको वरिपरि झारपात उम्रनेछ। तिनीहरूका पालहरूमा काँढा उम्रनेछ।

होशे 11:5

“तर इस्राएलीहरूले परमेश्वर तर्फ जान अस्वीकार गरे। तिनीहरू फर्किएर मिश्र जाने छैनन्, सट्टामा अश्शूरका राजा नै तिनीहरूका राजा हुनेछन।

होशे 11:11

तिनीहरू चरा जस्तै वेगसित मिश्र देशबाट आउनेछन्। तिनीहरू अश्शूरको भूमिबाट ढुकुर जस्तै आउनेछन् अनि म तिनीहरूलाई घरमा पठाउनेछु।” परमप्रभुले यो भन्नु भयो।

मीका 2:10

उठ, अनि यहाँबाट भाग! त्यो विश्राम गर्ने ठाउँ हैन। किनभने यो ठाउँ पवित्र छैन्, यो नष्ट भएर गयो, यो डरलाग्दो विनाश हो।

प्रेरित 10:14

तर पत्रुसले भने, “म त्यस्तो कहिल्यै गर्नै छैन, प्रभु! मैले त्यस्तो कुनै पनि अशुद्ध र अपवित्र खाना खाएको छैन।”

Interlinear

Choose Theme