Home Bibles ☰ Books यशैया 22:8 · नेपाली बाइबल
यशैया 22:8 · नेपाली बाइबल

त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो।

Cross references

1 राजा 7:2

उनले “लबानोनको वन” नाउँ भएको भवन बनाए। यो 100 हात लामो, 50 हात चौडा अनि 30 हात अग्लो थियो। यसमा चार लहर देवदारका खाम्बाहरू थिए। प्रत्येक खाम्बाको माथि देवदारको मुकुट थियो।

1 राजा 10:17

तीन सयवटा सुनको पाताका साना ढालहरू पनि बनाए। प्रत्येक ढालमा लगभग तीन मीना सुन लागेको थियो। राजाले तिनीहरूलाई “लबानोनको वन” नाउँ भएको महलमा राखेका थिए।

1 राजा 14:27

यसकारण रहबामले ती ठाउँहरूमा राख्न धेरै ढालहरू बनाए। तर यी ढालहरू काँसाका थिए, सुनका थिएनन्। उनले महलको ढोकामा रक्षाकालागि राखिएका मानिसहरूलाई ढालहरू दिए।

श्रेष्ठगीत 4:4

तिम्रो घाँटी दाऊदको किल्ला झैं लामो अनि पातलो छ, त्यो किल्ला सजाउनको निम्ति बनाएका हजारौं ढालहरू यसको भित्ताहरूमा शक्तिशाली सेनाहरूसँग छन्।

यशैया 36:1

हिजकियाह राजा भएको चौधौं वर्षमा अश्शूरका राजा सनहेरीब यहूदाका मुख्य शहरहरूको विरूद्ध लडाई लड्न गए। सनहेरीबले ती शहरलाई पराजित गरे।

Interlinear

Choose Theme