Home Bibles ☰ Books 1 राजा 10:17 · नेपाली बाइबल
1 राजा 10:17 · नेपाली बाइबल

तीन सयवटा सुनको पाताका साना ढालहरू पनि बनाए। प्रत्येक ढालमा लगभग तीन मीना सुन लागेको थियो। राजाले तिनीहरूलाई “लबानोनको वन” नाउँ भएको महलमा राखेका थिए।

Cross references

1 राजा 7:2

उनले “लबानोनको वन” नाउँ भएको भवन बनाए। यो 100 हात लामो, 50 हात चौडा अनि 30 हात अग्लो थियो। यसमा चार लहर देवदारका खाम्बाहरू थिए। प्रत्येक खाम्बाको माथि देवदारको मुकुट थियो।

1 राजा 14:26

शीशकले परमप्रभुको मन्दिर र राजाको महलबाट ढिकुटि लगे। तिनीहरूले सुनका ढालहरू पनि लगे, जो सुलेमानले बनाएका थिए।

यशैया 22:8

त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो।

Interlinear

Choose Theme