उनले “लबानोनको वन” नाउँ भएको भवन बनाए। यो 100 हात लामो, 50 हात चौडा अनि 30 हात अग्लो थियो। यसमा चार लहर देवदारका खाम्बाहरू थिए। प्रत्येक खाम्बाको माथि देवदारको मुकुट थियो।
Cross references
राजा सुलेमानले ती शहरहरू पनि बनाए जहाँ अन्न र चीजहरू राख्नेगरे अनि उनले आफ्ना रथ अनि घोडाहरूका लागि ठाउँ बनाए। राजा सुलेमानले धेरै चीजहरू बनाए जो उनले यरूशलेम, लबानोन अनि अन्य आफूद्वारा शासित ठाउँहरूमा चाहेका थिए।’
तीन सयवटा सुनको पाताका साना ढालहरू पनि बनाए। प्रत्येक ढालमा लगभग तीन मीना सुन लागेको थियो। राजाले तिनीहरूलाई “लबानोनको वन” नाउँ भएको महलमा राखेका थिए।
सुलेमानका सबै प्याला र गिलासहरू सुनका थिए। अनि “लबानोनको वन” नाउँक महलमा सबै भाँडा-कुँडाहरू शुद्ध सुनका बनाइएका थिए। महलमा केही पनि चांदीको बनाइएको थिएन। सुलेमानको समयमा सुन यति ज्यादा थियो कि मानिसहरू चाँदीलाई महत्वपूर्ण सम्झिदैन थिए।
सुलेमानले पिटेको सुनको 300 वटा सा-साना ढालहरू पनि बनाए। प्रत्येक ढाल बनाउनका निम्ति प्रायः 300 शेकेल सुन प्रयोग गरियो। सुलेमानले सुनका ढालहरू लबानोनको बन-महलमा राखे।
तिम्रो घाँटी यस्तो छ, मानौ हात्तीको दाँतले बनिएको किल्ला हो। तिम्रा आँखाहरू यस्ता छन् मानौ बाथ रब्बीमको फाटक नजिक हेस्बोनमा भएको कुणहरू हुन्। तिम्रो नाक यस्तो छ, मानौ त्यो लबनानको किल्ला हो जुन दमश्कश तिर फर्केकोछ।