सैन्यहरू तिमीहरूका खास बेंसीमा भेला हुनेछन्। त्यो बेंसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ।
Cross references
तर म परमप्रभु अश्शूरका राजालाई तिमीहरूको विरूद्धमा ल्याउनेछु। तिनीहरू यूफ्रेटिस नदीको बाढी जस्तै भयानक भएर आउनेछन्। यो यस्तो हुनेछ कि नदीमा बाढी आउँदा किनारहरू भत्काउँदै आउने उर्लेको पानी जस्तै हुनेछ।
सेनाहरू अय्यातनजिक प्रवेश गर्नेछन्। तिनीहरू मिग्रोनबाट भएर जानेछन्। सेनाले आफ्नो भोजनहरू मिकमाशमा राखेका छन्।
उनी जुन बाटो आएका थिए त्यही बाटो फर्केर जान्छन् उनी यस शहरभित्र आउने छैनन, भनेर परमप्रभु भन्नुहुन्छ।
यरूशलेमलाई कसरी परास्त पारियो यहाँ वर्णन गरिएको छ यहूदाका राजा सिदकियाहको शासनकालको नवौं वर्षको दशौं महीनामा बाबेलका राजा नबूकदनेस्सरले आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरूद्ध अघि बढे अनि त्यसलाई घेराव हाले।
अनि त्यस्तो काम गर मानौं त्यस शहरलाई चारैतिरबाट तिम्रो सेनाले घेरेको छ। शहरको चारैतिर एउटा माटोको पर्खाल यस्तो प्रकारले बनाऊ जसबाट आक्रमण गर्न सहायता होस्। शहरको द्वार सम्म पुग्ने गरी एउटा कच्चा बाटो बनाऊ, त्यसलाई भत्काउने मूढाहरू ल्याऊ अनि शहरको चारैतिर सैनिकहरूको छाउनी लगाऊ।
अनि अब एउटा फलामको कराई ल्याऊ अनि तिमी आफू र शहरको बीचमा राख। यो एउटा फलामको पर्खाल जस्तै हुनेछ। जसले तिमी र शहरलाई अलग राख्छ। तिमीले यस्तो प्रकारले प्रदर्शन गर कि तिमी त्यो शहरको विरूद्धमा छौ। तिमीले त्यो शहरलाई घेर अनि त्यसमाथि आक्रमण गर। किन? किनभने यो इस्राएलको परिवारका निम्ति एउटा उदाहरण हुनेछ। यसबाट यो प्रर्दशित हुनेछ कि म यरूशलेमलाई नष्ट गर्नेछु।