त्यसबेला याकूबको सम्पत्ति नाश हुनेछ। याकूब बीमार मानिस जस्तो हुनेछ अनि उ कमजोर र दुब्लो हुनेछ।
Cross references
तर यशूरून मोटाए अनि गोरूले झैं लात हाने। हो, तिमीहरूलाई प्रशस्त खुवाइयो र मोटा र पुष्ट भयौ, तब उसले आफ्नै सृष्टि कर्तालाई त्यागे, अनि ऊ त्यस चट्टानबाट भागे जसले उसलाई बचाएको थियो।
अश्शूरका राजा शलमनेसेर होशेको विरोधमा युद्ध गर्न आए। शलमनेसेरले होशेलाई पराजित गरे अनि होशे उनको सेवक भए। यस प्रकार होशेले शलमनेसेरलाई कर तिर्न थाले।
अश्शूरका राजाले इस्राएलका राजा होशेको नवौं वर्षको अवधिमा सामरियालाई कब्जामा लिए। अश्शूरका राजाले धेरै इस्राएलीहरूलाई पक्रे र बन्दीको रूपमा अश्शूर लगे। उनले तिनीहरूलाई हलहमा गोजान, नदीको किनार हाबोर र माहीहरूका शहरहरूमा छोडी दिए।
मेरा मालिकले याकूबका मानिसहरूका विरूद्ध आज्ञा दिनुभयो। इस्राएलको विरूद्धमा दिनुभएको त्यो आज्ञा पालन हुनेछ।
(यसको तात्पर्य, मनश्शे एप्रैमको विरूद्ध लड्ने छ र एप्रैम मनश्शेको विरूद्ध लड्ने छ। अनि तिनीहरू दुवै यहूदाको विरूद्ध फर्किने छन्।)परमप्रभु अझ सम्म इस्राएल सगँ रिसाउनु भएको छ। परमप्रभु तिनीहरूलाई दण्ड दिन अझ पनि तयार नै हुनुहुन्छ।
तिमीहरूले कैदी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ! तर साथ पाउने छैनौ! परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ।
सेनाहरूका परमप्रभुले अश्शूरका योद्धाहरूको विरोधमा डरलाग्दो रोग पठाउनु हुनेछ। तब अश्शूरको गौरव नाश अनि विलीन हुनेछ। प्रत्येक वस्तु खरानी नहुञ्ञेलसम्म आगो जस्तै बलि रहनेछ।
फसलको बेलामा, मानिसहरूले रूखबाट जैतून झारे तर केही मात्रामा जैतूनहरू रूखमा नै छाडिए। त्यस्तै प्रकारले यस पृथ्वीमा केही जातिहरू मात्र छाडिनेछन्।
संसारका सबै कुनाहरूबाट परमेश्वरको निम्ति गाइएका स्तुति गीत सुनिनेछन्। ती गीतहरू असल परमेश्वरको स्तुति गीत हुनेछ। तर म भन्छु “मलाई पीर छ! म दुखमा छु। म जे देख्छु, ती भयंकर चीजहरू हुन्। देशद्रोहीहरू मानिसहरूको विरूद्ध उठ्दैछन् अनि तिनीहरूलाई चोट पुर्याउँदैनन्।
यसकारण परमप्रभु मेरो मालिकले ऊसँग भन्नुहुन्छ “म मोटा अनि दुब्ला भेडाहरूको बीचमा न्याय गर्नेछु!
जसरी गोठालोले सिंहको मुखबाट थुमा बचाउँदा उसको दुई खुट्टा र एउटा कान मात्र बचाउन सकला, त्यसरी नै विलासीपूर्ण सोफामा र रेशमी ओछ्यानहरुमासुत्ने सामरियामा बस्ने इस्राएली मानिसहरु मध्ये कोहि मात्र सुरक्षित रहने छन्।
ती मानिसहरू परमप्रभुसंग डराउनेछन्। किन? किनकि परमप्रभुले तिनीहरूको देवताहरू नष्ट पार्नुहुनेछ। त्यस समय सबै टाढा-टाढाका मानिसहरूले परमप्रभुको आराधना गर्नेछन्।