अश्शूरका राजाले इस्राएलका राजा होशेको नवौं वर्षको अवधिमा सामरियालाई कब्जामा लिए। अश्शूरका राजाले धेरै इस्राएलीहरूलाई पक्रे र बन्दीको रूपमा अश्शूर लगे। उनले तिनीहरूलाई हलहमा गोजान, नदीको किनार हाबोर र माहीहरूका शहरहरूमा छोडी दिए।
Cross references
म तिमीहरूको देश खाली पार्नेछु तब तिमीहरूको शत्रुहरू पनि त्यो देखेर छक्क पर्नेछन्।
तिमीहरू अर्काको देशमा नष्ट हुनेछौ।
“तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराम्रो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रीस उठाउनेछ।
“तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ।
पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरू थाहा नपाइएका देवताहरू पूज्ने छौ।
अनि परमप्रभुको क्रोधले यस भूमिका प्रत्येक मानिसहरूमाथि नराम्रा कुरा ल्याए त्यो शिक्षाहरूको पुस्तकमा लेखिएका छन्।
तब तिमीहरू ध्वंश हुनेछौ। म तिमीहरूलाई चेताउनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ।
“तपाईंका मानिसहरूले तपाईंका विरूद्धमा पाप गर्नेछन्। म यो जान्दछु किनभने प्रत्येक मानिसले पाप गर्छ। तब तिनीहरूसँग तपाईं क्राोधित हुनुहुनेछ र तपाईंको क्रोधद्वारा। तपाईंले तिनका शत्रुहरूलाई तिनीहरूमाथि विजय हासिल गराउनु हुनेछ। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउने छन् अनि टाढा नजीक कतैं अर्को जग्गामा राख्नेछन्।
तब परमप्रभुले इस्राएललाई हिर्काउनु हुनेछ। इस्राएलका मानिसहरू भयभीत हुनेछन्। तिनीहरू पानीको अग्लो-अग्लो घाँस जस्तैं काम्नेछन्। परमप्रभुले इस्राएलीहरूलाई त्यो असल भूमिबाट निकाल्नु हुनेछन जो तिनीहरूका पिता-पुर्खाहरूलाई दिनु भएको थियो। उनले तिनीहरूलाई यूफ्रेटिस नदीको पारि तितर-बितर पारिदिनुहुनेछ। यो यस्तो घटना हुनेछ किनभने परमप्रभु मानिसहरूसँग रिसाउनु भएकोछ। किनकि तिनीहरूले पवित्र खामाहरू निर्माण गरे।
अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।
अनि परमप्रभुले भन्नुभयो यस्तो हुनेछ। उहाँले आफ्ना अगमवक्ताहरू मानिसहरूलाई यस्तो भन्न पठाउनुभयो। यसकारण इस्राएलीहरूलाई आफ्नो देशबाट बाहिर अश्शूर पुर्याइयो अनि तिनीहरू आजसम्म त्यहीं छन्।
तेस्रो वर्षको अन्तमा, शल्मनेसेरले सामरिया कब्जा गरे। उनले सामरियालाई यहूदाका राजा हिजकियाहको छैटौं वर्षमा कब्जा गरे। यो इस्राएलका राजा होशे भएको नवौं वर्ष थियो।
हमात र अपार्दका देवताहरू कहाँ छन? सपवैम, हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले मबाट सामरियालाई बचाउन सके?
ती देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाएनन्। मेरा पुर्खाहरूले तिनीहरू सबैलाई शेषपारे। तिनीहरूले गोजान, हारान, रेसेप र तलस्सारमा बेत-एदेनका मानिसहरूलाई खत्तम गरे।
म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु।
इस्राएलका परमेश्वरले पूललाई युद्धमा जान इच्छुक तुल्याउनु भयो। पू ल अश्शूरका राजा थिए। तिनलाई तिग्लत पिलेसेर पनि भनिन्थ्यो। तिनले मनश्शे, रूबेन अनि गाद कुल समूहका मानिसहरूसित युद्ध गरे। तिनले उनीहरूलाई आफ्ना घर छोड्न बाध्य तुल्याए अनि तिनीहरूलाई कैदी बनाए। पूलले तिनीहरूलाई हलह, हाबोर, हारा अनि गोजान नदी नजिकमा ल्याए। इस्राएलीको कुल समूह ती स्थानहरूमा त्यस समय देखि आजसम्म पनि बसिरहेका छन्।
अब, हे परमेश्वर, महान परमेश्वर, शक्तिशाली अनि भय योग्य परमेश्वर, जसले उहाँका करार प्रेममय विश्वास सँग पालन गर्नुहुन्छ, हाम्रो कष्टहरूलाई साधारण नसम्झनु त्यो कठिनाई हामीमाथि आएको थियो, हाम्रा राजाहरूले, हाम्रा पूजाहारीहरूले, हाम्रा अगमवक्ताहरूले, हाम्रा पिता-पुर्खाहरूले तपाईंका सम्पूर्ण मानिसहरूले अश्शूरका राजाहरूको समय देखि लिएर आज सम्म सहे।
किन? किनभने त्यो बालकले माता-पिता भन्नु अघि नै परमेश्वरले सारा धन-सम्पति खोसेर लैजानु हुनेछ साथै त्यहाँ धनाढ्य मानिसहरू जस्तै दमीश्कस र सामरियाबाट लैजानु हुनेछ अनि ती चीजहरू अश्शूरका राजालाई सुम्पिनु हुनेछ।”
परमेश्वर भन्नुहुन्छ, “म मादी सैनिकहरूलाई बाबेल विरूद्ध लड्न कर लगाउनेछु। मादीका सैनिकहरू तिनीहरूका सुन र चाँदीले लोभिने छैनन्।
त्यसबेला याकूबको सम्पत्ति नाश हुनेछ। याकूब बीमार मानिस जस्तो हुनेछ अनि उ कमजोर र दुब्लो हुनेछ।
मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ। मैले तिम्रो विरूद्धमा उठेका देशद्रोहीहरू देखेकोछु। तिम्रा सम्पत्तिहरू लुट्ने मानिसहरू देख्छु। एलाम, जाऊ अनि तिनीहरूका विरूद्ध युद्ध गर, मादी शहरका वरिपरि तिम्रा सैनिकहरू तैनात गर म त्यस शहरमा नराम्रो कार्यहरू समाप्त गर्न चाहन्छु।
जबसम्म म आउँदिन तिमीहरूले त्यसो गर्न सक्छौ अनि तिमीहरू प्रत्येकलाई त्यस भूमिमा लिएर जाँदिन जो तिमीहरूकै आफ्नो जस्तै छ। त्यस नयाँ देशमा तिमीहरूले राम्रो अन्न र नयाँ दाखरस, रोटी अनि अङ्गुरका लहराहरू पाउनेछौ।”
के ती मानिसहरूका देवताहरूले तिनीहरूलाई बचाउनु भयो? होइन! मेरा पुर्खाहरूले तिनीहरू सबैलाई ध्वंश पारिदिए। तिनीहरूले गोजान, हारान, रेसेपमा बस्ने मानिसहरू अनि तलस्सारमा बस्ने एदेन वंशीहरूलाई ध्वंश पारे।
इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”
पर्सीन तिम्रो राज्य भाग भाग गरेर मादी र फारसीहरूलाई दिइने छ।”
परमप्रभुले होशेलाई भन्नुभयो, “उसको नाउँ यिज्रेल राख। किन? किनभने म चाँडै नै यिज्रेल गल्छिमा भएको हत्याको निम्ति येहूको परिवारलाई सजाय दिनेछु र इस्राएलको परिवारको राज्य अन्त गरिदिनेछु।
तब फेरि गोमेर गर्भवती भई र एउटी छोरी जन्माई। परमप्रभुले होशेलाई भन्नुभयो, “छोरीको नाउँ लो-रूहाम” राख्नु। किन? किनभने म अब इस्राएलको जाति प्रति दया देखाउने छैन। न त म तिनीहरूलाई क्षमा नै प्रदान गर्नेछु।
तब परमप्रभुले भन्नुभयो, “यसको नाउँ लो-अम्मी राख्नु। किन? किनभने त्यो मेरो मानिस होइन। म तिमीहरूको परमेश्वर होइन।”
इस्राएलका मानिसहरू परमप्रभुको देशमा बस्ने छैनन्। एप्रैम मिश्रदेशमा फर्किजानेछ। अश्शूरमा उनीहरूले यस्तो खाना खाने छन् जुन खाना उनीहरूले नखानु पर्नेथियो।
सामारियाले दण्ड भोग्नेछ किनकि उसले आफ्नो परमेश्वरदेखि मुख बटारेको छ। इस्राएलीहरूलाई तलवारद्वारा मारिने छ, उनीहरूको सन्तानलाई पछार्दै मारिनेछ अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट निचोरिनेछ।”
यसकारण म तिमीहरुलाई दमीशकस भन्दा पर निर्वासित पार्नेछु।” परमेश्वर सर्वशक्तिमान उहाँको नाउँ हो।