यसकारण परमप्रभु मेरो मालिकले ऊसँग भन्नुहुन्छ “म मोटा अनि दुब्ला भेडाहरूको बीचमा न्याय गर्नेछु!
Cross references
मानिसहरू मेरो चारैतिर छन्। तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।
म जो मेरो विरूद्धमा खडा हुन्छ अनि जसले मेरो विरूद्ध पाप गरेको छ तिनीहरू सबैलाई टाढा पठाउँनेछु। म तिनीहरू सबैलाई तिमीहरूको जन्म-भूमिबाट टाढा पठाउँनेछ। तिनीहरू इस्राएल भूमिमा फेरि कहिल्यै फर्केर आउँने छैनन्। तब तिमीले जान्ने छौ म नै परमप्रभु हुँ।”
बगालको राम्रो-राम्रो पशुहरू उपयोग गर, भाडाको तल पूरा आगो लगाऊ, अनि मासुको टुक्राहरू पकाऊ। सुरूआलाई त्यस बेला सम्म पकाऊ जब सम्म हड्डीहरू राम्रोसँग पाक्दैन!’
परमप्रभु भन्नुहुन्छ, “म ती गोठालाहरूको विरूद्धमा छु। मेरो भेडाहरूको लागि तिनीहरूलाई उत्तरदायी ठहर्याउँछु। अब उसो म उनीहरूलाई गोठाला हुन दिँदिन। त्यसपछि गोठालाहरूले आफ्नो पेट भर्नु पनि पाउँदैनन्। म तिनीहरूको मुखबाट आफ्नो भेडाहरू बचाउनेछु। तब मेरा भेडाहरू उनीहरूको भोजन बन्नेछैनन्।”
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अनि तिमी मेरो भेडा, म प्रत्येक भेडालाई न्याय गर्छु। म भेडा अनि बाख्राको बीचमा न्याय गर्नेछु।
“मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गदूतहरू पनि उहाँसंगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ।