Home Bibles आमोस 3:12 · नेपाली बाइबल
आमोस 3:12 · नेपाली बाइबल

जसरी गोठालोले सिंहको मुखबाट थुमा बचाउँदा उसको दुई खुट्टा र एउटा कान मात्र बचाउन सकला, त्यसरी नै विलासीपूर्ण सोफामा र रेशमी ओछ्यानहरुमासुत्ने सामरियामा बस्ने इस्राएली मानिसहरु मध्ये कोहि मात्र सुरक्षित रहने छन्।

Cross references

1 शमूएल 17:34

तर दाऊदले शाऊललाई फेरि भन्यो, “म, तपाईंको सेवक हुँ र मेरो पिताको भेडा पनि चराउने गर्छु। भेडाका बथानबाट सिंह र भालू आएर भेडा लैजान्थे।

1 राजा 20:30

बाँचेकाहरू अपेक शहरतिर भागे। शहरको पर्खाल ती सैनिकहरू मध्ये 27,000 माथि ढल्यो। बेन-हदद पनि शहरतिर भागे। उनी एउटा कोठामा लुके।

1 राजा 20:34

बेन-हददले उनलाई भने, “आहाब, म तिमीलाई शहरहरू दिनेछु जो मेरा पिताले तिम्रा पिताबाट लिएका थिए। अनि तिमी दमीशाकमा पसलहरू खोल्न सक्ने छौ जसरी मेरा पिताले सामरियामा गरेका थिए।”आहाबले उत्तर दिए, “यदि तिमी यसमा सहमत हुन्छौ भने म तिमीलाई मुक्त रूपमा जान दिने छु।” यसकारण दुइजना राजाहरूले शान्ति सम्झौता गरे। त्यसपछि राजा आहाबले राजा बेन-हददलाई मुक्त गरे।

1 राजा 22:25

मीकाया उत्तर दिए, “त्यहाँ एक समय आउनेछ जतिबेला तिमी एउटा सानो कोठा भित्र जानेछौ अनि तिमी आफैं लुक्ने छौ। त्यस समयमा तिमीले थाह पाउनेछौ, कि म साँच्चो बोलिरहेको छु।”

2 राजा 16:9

अश्शूरका राजाले आहाजको कुरा सुने। अश्शूरका राजा दमीशकको विरोधमा युद्ध गर्न गए। राजाले शहर दखल गरे अनि दमीशकका मानिसहरूलाई बन्दी बनाएर किर लगे र उनले रसीनलाई पनि मारे।

यशैया 8:4

किन? किनभने त्यो बालकले माता-पिता भन्नु अघि नै परमेश्वरले सारा धन-सम्पति खोसेर लैजानु हुनेछ साथै त्यहाँ धनाढ्य मानिसहरू जस्तै दमीश्कस र सामरियाबाट लैजानु हुनेछ अनि ती चीजहरू अश्शूरका राजालाई सुम्पिनु हुनेछ।”

यशैया 17:1

दमीशकको विषयमा यो दुःखको सन्देश हो। परमप्रभुले यी कुराहरू दमीशकमा घटनेछ भनेर भन्नु हुन्छः “दमीशक अहिले शहर हो तर त्यो नष्ट हुनेछ। दमीशकमा खाली भग्नावशेषहरू मात्र रहनेछ।

यशैया 17:4

त्यसबेला याकूबको सम्पत्ति नाश हुनेछ। याकूब बीमार मानिस जस्तो हुनेछ अनि उ कमजोर र दुब्लो हुनेछ।

यशैया 17:7

त्यसबेला, मानिसहरूले परमेश्वरलाई मास्तिर हेर्नेछन् जसले उनीहरूलाई सृष्टि गर्नुभयो। र तिनीहरूका आखाँ इस्राएलका परमपवित्रतिर लागिरहनेछ।

यशैया 31:4

परमप्रभुले मलाई भन्नुभयो “जब एउटा सिंह अथवा सिंहको बच्चाले खानलाई पशु पक्रन्छ, सिंह मृत पशुको छेऊमा उभिन्छ अनि गर्जन्छ। त्यसबेला कसैले पनि ठूलो सिंहलाई डर देखाउन सक्तैन्। सिंह यदि मानिसहरू आएर कराए पनि डराउँदैन्। मानिसहरू ठूलो स्वरमा कराए पनि सिंह भाग्दैन।”यस्तै प्रकारले, सेनाहरूका परमप्रभु सियोन पर्वतमा झर्नु हुनेछ। परमप्रभुले त्यस पर्वतमाथि लडाइँ गर्नु हुनेछ।

आमोस 6:4

हाय! हेर तिमीहरु आफैलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ अनि सोफामा आफै तन्कन्छौ। यिनीहरु नै हुन् जो बथानवाट थुमाहरु खान्छन् र गाईकोबथानबाट बाछो खन्छन्।

आमोस 9:2

यद्यपि तिनीहरुले पत्ताल भित्र खने ता पनि तिनीहरु भएकहाँ मेरो हात पुग्नेछ अनि यदि तिनीहरु स्वर्गमा चढे पनि म तिनीहरुलाई त्यहाँबाट तल झार्नेछु।

रोमी 11:4

तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”

Interlinear

Choose Theme