Home Bibles ☰ Books यशैया 17:5 · नेपाली बाइबल
यशैया 17:5 · नेपाली बाइबल

त्यस समय रफाईमको वेंसीमा बाली भित्र्याउने समय जस्तै हुनेछ। कर्मीहरूले खेतमा सप्रेको बाली थुर्पाछन्। तब तिनीहरूको बोटहरूबाट बाला टिप्छन अनि अन्न बटुल्छन्।

Cross references

यहोशू 15:8

त्यसपछि त्यो सीमाना यबूसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेंसी भएर गएको थियो। (त्यो यबूसी शहरलाई यरूशलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेंसीको पश्चिममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाईं बेंसीको उत्तरतर्फ अन्तमा थियो।

यहोशू 18:16

त्यसपछि सीमाना रपाईहरूको बेंसी उत्तरमा भएको हिन्नोम छोराको बेंसीको नजिकैको पहाडको फेद तिर फैलिएको थियो। सीमाना यबूसी शहरको ठीक दक्षिणमा भएको हिन्नोम बेंसीको तर्फ झरेको थियो। त्यसपछि सीमाना एन्रोगेल तर्फ गएको थियो।

2 शमूएल 5:18

पलिश्तीहरू आएर रपाईमको बेंसीमा डेरा जमाए।

2 शमूएल 5:22

फेरि पनि पलिश्तीहरूले रपाईमको बेंसीमा आएर पाल हाले।

यशैया 17:11

तिमीले एक दिन दाखका बिरूहरू रोप्ने छौ र बढाउने चेष्टा गर्नेछौ। अर्को दिन ती बिरूवाहरू बढन शुरू गर्छन्। तर फसल उठाउने गर्यौ आर्को दिन ती बिरूवाहरूले फलदिन थाले। तर फसल काट्ने बेलामा, बोटहरूबाट फलहरू बटुल्न जानेछौ, अनि तिमीहरूले प्रत्येक कुरो मृत देख्नेछौ। एउटा रोगले सबै बिरूवारू मार्नेछ।

यर्मिया 9:22

यी कुराहरूको घोषणा गर ‘परमप्रभु भन्नुहुन्छ, मतृ शरीरहरू भूँईमा गोबर जस्तै छरिएको हुनेछ। तिनीहरूका शरीरहरू जसरी कृषकहरूले खेतमा बाली काटेर सुताई राख्छन् जसलाई उठाउने कोही हुँदैनन् त्यस्तै मैदानमा लडिरहेका हुनेछन्।”‘

यर्मिया 51:33

सेनाहरूका परमप्रभु, इस्राएलहरूका परमेश्वर यसो भन्नुहुन्छ “बाबेल धान कुट्ने ढिकी जस्तै भएकी छ। बालीको समय मानिसहरूले धान कुटेर असल र भुस छुट्याउँछन्। अनि बाबेलमा धान कुट्ने समय चाँडै आइरहेछ।”

होशे 6:11

ए यहूदा तिम्रा निम्ति पनि कटनीको समय तोकिएको छ। त्यो हुनेछ जब म मेरो प्रजाको सुदिन फर्काउनेछु।”

योएल 3:13

तिमी हँसिया लिएर आऊ ! किनकि फसल काट्ने समय भईसकेको छ। आऊ! दाखहरु कुल्च, किनकि दाखको घडा भरिसकेको छ। घडा भरिन्छ अनि उब्रेर बाहिर आउँछ। किनकि उनीहरुले ज्यादै दुष्टता देखाएकाछन्।

मत्ती 13:30

फसलको समयसम्म सामा र गहुँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, ‘पहिले सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहुँ बटुल र मेरो भण्डारमा जम्मा गर।”‘

मत्ती 13:39

नराम्रो बीऊहरू छर्ने शत्रुका चाहिं शैतान हो। फसलकाटने समय जाहिं संसारको अन्त्य हो। अनि फसल काटनेहरू परमेश्वरका दूतहरू हुन्।

प्रकाश 14:15

तब, मन्दिर बाहिर अर्को स्वर्गदूत आयो। त्यो स्वर्गदूतले जो बादलमाथि बसेका थिए तिनलाई भन्यो, “तिम्रो हँसिया लेऊ अनि बाली काट। फसल काटने समय आयो। पृथ्वीको फल पाक्यो।”

Interlinear

Choose Theme