Home Bibles ☰ Books यशैया 13:3 · नेपाली बाइबल
यशैया 13:3 · नेपाली बाइबल

परमेश्वरले भन्नुभयोः “मैले ती मानिसहरूलाई जन समूहबाट छुट्‌याएँ अनि म आफै नै तिनीहरूलाई आज्ञा दिनेछु। म रिसाएको छु। ती मानिसहरूलाई दण्ड दिनका लागि मैले मेरा सबभन्दा भेला गरें। उत्तम मानिसहरूलाई यी खुशी मानिसहरूको लागि म र्गवित छु।

Cross references

एज्रा 1:1

प्रथम वर्षमा कोरेस फारस का राजा थिए। अगमवक्ता यर्मियाह द्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरेसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरेसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियोः

एज्रा 6:1

तब राजा दाराले एक आदेश जारिगरे अनि तिनीहरूले बाबेलमा जहाँ कोष भण्डार गरिएका थिए, त्यहाँ अभिलेखाको खोज-तलाश गरे।

एज्रा 7:12

आर्ट-जारसेज, स्वर्गका परमेश्वरका राजाहरूका राजा,व्यवस्थाका विद्वान पूजाहारी एज्रा प्रतिःअभिवादन!

भजनसंग्रह 149:2

इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्त्तामा आनन्द होऊन्। सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्।

भजनसंग्रह 149:5

हे परमेश्वरका चेलाहरू, आफ्नो विजयमा प्रफुल्लित होऊ! सुत्न गइसके पश्चात् पनि सुखी होऊ।

यशैया 23:11

परमप्रभुले समुद्र तर्फ आफ्ना हातहरू फैलाउँनु भयो अनि परमप्रभुले सोरको विरूद्ध युद्ध गर्नलाई राज्यहरू भेला गर्नुभयो। परमप्रभुले कनानलाई सोरको सुरक्षाको ठाउँ ध्वंस पार्नलाई आज्ञा गर्नुभयो।

यशैया 44:27

परमप्रभुले गहिरा पानीलाई भन्नुहुन्छ, “सुख्खा भई जाओस्। म तिम्रा मूल श्रोतहरू पनि सुकाइदिनेछु।”

यशैया 45:4

म यी कुराहरू मेरो दास याकूबको लागि गर्छु। म यी कुराहरू मैले चुनेको इस्राएलको लागि गर्छु। कोरेस, म तिमीलाई नाउँले बोलाउनेछु। तिमी मलाई जान्दैनौ। तर म तिमीलाई जान्दछु त्यसैले नाउँले बोलाउनेछु।

यर्मिया 50:21

परमप्रभु भन्नुहुन्छ, “मरातैमको देशलाई आक्रमण गर। पकोदमा बस्ने मानिसहरूमाथि आक्रमण गर। तिनीहरूमाथि आक्रमण गर तिनीहरूलाई मार अनि सर्वनाश पार। मैले जुन कुरो दिएँ ती सब गर।

यर्मिया 51:20

परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं, मेरो युद्धको हतियार। मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंश पार्नुलाई चलाएँ।

योएल 3:11

हे सबै देशका जातिहरु! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरु लिएर आउनु होस्।

प्रकाश 17:12

“तिमीले देखेका दशवटा सीङ्गहरु दश राजाहरु हुन्। यी दश राजाहरुले अहिलेसम्म राज्य पाएका छैनन्। तर तिनीहरुले एक घण्टाको निम्ति त्यो पशुसित शासन गर्ने अधिकार प्राप्त गर्नेछन्।

प्रकाश 18:4

त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने“मेरा मानिसहरु, त्यस नगरबाट बाहिर निस्क जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ। तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्ने छैनौ।

प्रकाश 18:20

हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ खुशी बन, परमेश्वरका पवित्र मानिसहरु प्रेरितहरु अनि अगमवक्ताहरु। किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।”

Interlinear

Choose Theme