Home Bibles ☰ Books यर्मिया 50:21 · नेपाली बाइबल
यर्मिया 50:21 · नेपाली बाइबल

परमप्रभु भन्नुहुन्छ, “मरातैमको देशलाई आक्रमण गर। पकोदमा बस्ने मानिसहरूमाथि आक्रमण गर। तिनीहरूमाथि आक्रमण गर तिनीहरूलाई मार अनि सर्वनाश पार। मैले जुन कुरो दिएँ ती सब गर।

Cross references

गन्ती 31:14

मोशा इस्राएली एक हजार सेनाका सेनापति र एक सय सेनाका सेनापतिहरूसित जो युद्धबाट फर्केका थिए अत्यन्तै क्रोधित भएका थिए।

व्यवस्था 33:27

परमेश्वर सधैं बाँच्नु हुन्छ। उहाँ तिम्रो सुरक्षित ठाउँ हुनुहुन्छ। परमेश्वरको क्षमता सधैंका लागि रहन्छ। उहाँ तिमीहरूको रक्षा गर्नु हुँदैछ। परमेश्वरले तिमीहरूका शत्रुहरूलाई तिमीहरूको भूमिबाट खेद्नु हुनेछ। उहाँ भन्नु हुन्छ, ‘शत्रुलाई ध्वंश पार।’

1 शमूएल 15:3

अब गएर अमालेकीहरूसित युद्ध गर। अमालेकीहरूसित जे जति छ सम्पूर्ण रूपले नष्ट गर। कसैलाई जिउँदो नछाड। तिमीहरूले ती सबलाई मार्नु पर्छ, लोग्ने मानिसहरू होस् कि स्त्रीहरू केटा-केटीहरू होस् कि काखका नानी। सबलाई मार गाई-गोरू, भेडा ऊँट गधा केही बाँकी नराख।”‘

1 शमूएल 15:11

परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफै दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे।

2 शमूएल 16:11

दाऊदले अबीशै र सारा नोकरहरूलाई भने, “हेर, मेरो आफ्नै छोरा (अब्शालोम) ले मलाई मार्न खोज्दैछ। यो मानिस (शिमी) बिन्यामीन कुल समूहले मलाई मार्ने अधिकार ज्यादा प्राप्त गर्छ। उसलाई एक्लै रहन देऊ। मलाई मनपरि भन्न देऊ। परमप्रभुले नै त्यसो गर्नु भन्नु भएको हो।

2 राजा 18:25

म परमप्रभुको आदेश बिना यरूशलेमलाई नष्टपार्न आएको होइन। परमप्रभुले मलाई भन्नुभएको छु “यस देशको विरोधमा जाऊ अनि यसलाई नष्टपार।”

2 इतिहास 36:23

कोरेस, फारसका राजा भन्छन् - “परमप्रभु, स्वर्गका परमेश्वरले मलाई सम्पूर्ण पृथ्वीको राजा बनाउनु भएको छ। उहाँले मलाई उहाँका निम्ति यरूशलेममा एउटा मन्दिर निर्माण गर्ने जिम्मा दिनु भएको छ। अब तिमीहरू सबै, जो परमेश्वरका मानिसहरू हौ, यरूशलेममा जानका निम्ति स्वतन्त्र छौ। अनि परमप्रभु तिम्रा परमेश्वर तिमीहरू साथ रहुन्।” 

यशैया 10:6

म ती दुष्ट काम गर्नेहरूका विरूद्ध लडाइँ गर्न अश्शूरलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्शूरलाई तिनीहरू विरूद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्शूरले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पत्ति खोसेर लैजाने छ। अश्शूरका निम्ति इस्राएल कुल्चिइने मैला-हिलो भएको ठाउँ हुनेछ।

यशैया 44:28

परमप्रभुले कोरेसलाई भन्नुहुन्छ, “तिमी मेरो भेंडा गोठाला, तिमीले त्यही कुरा गर्ने छौ जो म चाहन्छु। तिमीले यरूशलेमलाई भन्नेछौ “तिमी पुन निर्माण हुनेछौ। तिमीले मन्दिरलाई बताउनेछौ, ‘तिम्रो जग पुननिर्माण हुनेछ।”‘

यशैया 48:14

“तिमीहरू सबै यहाँ आऊ र मेरो कुरा ध्यान दिएर सुन। के कुनै झूटो देवताले यी कुराहरू घट्नेछन् भनी भने? अहँ।” त्यस मानिस जसलाई परमप्रभुले बाबेल अनि कल्दीहरूलाई सजाय दिन रोज्नुहुन्छ, उसले जे मन पर्छ त्यही गर्छ।

यशैया 48:15

परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई भनें, म उसलाई बोलाउनेछु अनि म उसलाई ल्याउँनेछु। म उसलाई सफल तुल्याउनेछु।

यर्मिया 34:22

तर म आदेश दिनेछु अनि बाबेलका सेनाहरू फर्की आउनेछन्।’ यो परमप्रभुको सन्देश हो। ‘ती सेनाहरूले यरूशलेम विरूद्ध युद्ध गर्नेछ। बाबेलका सेनाहरूले यो शहर कब्जा गर्नेछन् र यसलाई जलाई खरानी बनाउनेछन्। म यहूदाका शहर ध्वंस पार्नेछु र यसलाई कोही नबस्ने निर्जन मरूभूमिमा परिणत गरिदिनेछु।”‘

यर्मिया 48:10

श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ। धिक्कार छ त्यस मानिसलाई जसले ती मानिसहरू मार्न आफ्नो तरवार चलाँउदैन।

यर्मिया 50:3

उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ। त्यो जातिले बाबेललाई, जन-शून्य मरूभूमि तुल्य पार्ने छ, कुनै मानिस पनि त्यहाँ बस्ने छैन्। दुवै मानिस जाति र पशुहरू त्यहाँबाट भागेर जानेछन्।”

यर्मिया 50:9

म उपद्रव मच्चाउनेछु र उत्तरबाट धेरै जातिहरू ल्याउनेछु। यी जातिहरूको समूह बाबेलको विरूद्ध युद्ध लड्न अघि आउनेछन्। तिनीहरूले बाबेललाई आफ्नो अधीनमा पार्नेछन्। तिनीहरूको काँड सिपालु लडाकुहरू झैं छन् र एउटै काँड पनि व्यर्थ जाँदैन्।

यर्मिया 50:15

सिपाहीहरूले बाबेललाई घेरे अनि विजय ध्वनि सुनाऊ। बाबेलले आत्मासमर्पण गरेकोछ। उसका पर्खालहरू र धरहराहरू धराशायी गराइयो। यो परमप्रभुबाट प्रतिशोध हो। ऊमाथि वैरशुद्धि गर। अन्य जातिहरूलाई उसले के गर्यो तिमीहरू उसलाई त्यसै गर।

Interlinear

Choose Theme