म यी कुराहरू मेरो दास याकूबको लागि गर्छु। म यी कुराहरू मैले चुनेको इस्राएलको लागि गर्छु। कोरेस, म तिमीलाई नाउँले बोलाउनेछु। तिमी मलाई जान्दैनौ। तर म तिमीलाई जान्दछु त्यसैले नाउँले बोलाउनेछु।
Cross references
यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो।
तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ। तिमीहरू याकूबका सन्तानहरू हौ। तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ।
परमप्रभु भन्नुहुन्छ “तिमी इस्राएल मेरो दास हौ, याकूब मैले तिमीलाई रोजें। तिमी आब्राहाम परिवारका हौ। अनि म आब्राहामलाई प्रेम गर्दछु।
किन? किनभने म, परमप्रभु, तेरो परमेश्वर हुँ। म इस्राएलको परमपवित्र तेरो उद्धारक तिमीहरूको उद्धारको निम्ति मैले मिश्र भुक्तान गरेको थिएँ। तिमीलाई आफ्नो बनाउन मैले कूश र सेबालाई दिएको थिएँ।
परमप्रभु, इस्राएलका परमपवित्रले, तिमीहरूलाई बचाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका खातिर म बाबेलमा सेनाहरू पठाउने छु। धेरै मानिसहरू पक्राउ पर्नेछन्। ती मानिसहरू, कल्दीहरू, उनीहरू कै आफ्ना जहाजहरूमा लैजानेछु। कल्दीहरू आफ्ना जहाजहरूमाथि गर्व गर्छन्।
“याकूब, तिमी मेरो दास हौ। मेरो कुरा होशियारी साथ सुन, इस्राएल मैले तिमीलाई छानेको छु। म जे कुरा भन्छु सुन्।
परमप्रभुले कोरेसलाई भन्नुहुन्छ, “तिमी मेरो भेंडा गोठाला, तिमीले त्यही कुरा गर्ने छौ जो म चाहन्छु। तिमीले यरूशलेमलाई भन्नेछौ “तिमी पुन निर्माण हुनेछौ। तिमीले मन्दिरलाई बताउनेछौ, ‘तिम्रो जग पुननिर्माण हुनेछ।”‘
इस्राएल भेंडाको बथान जस्तो छ जो देशभरि नै छरिएका थिए। इस्राएल भेडाको बथान जस्तो छ जसलाई सिंहले खेद्दै सबै ठाँउमा छरपष्ट पारेकोछ। जसले उसलाई पहिला खानेसिंह अश्शूरको राजा हो। अन्तिम सिंह जसले उसका हड्डीहरू तोड्यो त्यो बाबेलका राजा नबूकदनेस्सर हो।”
परमेश्वरले त्यो महासंकटको समय छोट्याउनुभएको छ। यदि त्यो समय छोट्याइएन भने, कुनै मानिस पनि बाँच्ने छैन। तर आफूले चुनेका मानिसहरूलाई मद्दत गर्नलाई परमेश्वरले त्यो समयलाई छोटो पार्नु भएकोछ।
उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोट्याउनु भएको छ।
तिनीहरूले पावल र सिलासलाई धेरैपल्ट कुट-पिट गरे अनि तिनीहरूलाई जेलमा थुने। जेलका अधिकारीलाई तिनीहरूले भने, “यिनीहरूलाई खुबै होशियारी साथ पहरा दिनु!”
हो, म यहूदीहरूको लागि दुःख अनुभव गर्छु। म भन्दिनँ कि परमेश्वर उनीहरूको लागि आफ्नो प्रतिज्ञा राख्नमा चुक्नु भयो। तर इस्राएलका कतिपय मानिसहरू मात्र परमेश्वरका साँचो मानिस छन्।
यसैले त्यो यस्तो हुन गयोः इस्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्।
अघि-अघि तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ। तिमीहरू त्यस्ता देवताहरूको दास थियौ जो साँचो थिएनन्।