परमप्रभुले समुद्र तर्फ आफ्ना हातहरू फैलाउँनु भयो अनि परमप्रभुले सोरको विरूद्ध युद्ध गर्नलाई राज्यहरू भेला गर्नुभयो। परमप्रभुले कनानलाई सोरको सुरक्षाको ठाउँ ध्वंस पार्नलाई आज्ञा गर्नुभयो।
Cross references
तब नूहले भने, “कनानलाई सराप लागोस्, ऊ आफ्ने दाज्यू-भाइहरुको कमारो हुनेछ।”
कनान सीदोनका पिता थिए र त्यो नै कनानका जेठो छोरो थियो। कनान हेत मानिसहरूका पिता थिए।
कनानी मानिसहरुको भूमिको सिमाना उत्तरमा सीदोनदेखि दक्षिणमा गरारसम्म, पश्चिममा गाजादेखि सदोमसम्म र पूर्वमा गमोरा, अदाम र सबोयीमदेखि लाशासम्म थियो।
मोशाले आफ्नो लहुरो लाल समुद्रमाथि उठाए अनि परमप्रभुले पूर्वबाट तेजसित बतास चलाइदिनुभयो। बतास रात भरी नै चलिरह्यो, पूर्वीय बतासले समुद्रलाई सुकाइदियो अनि यसलाई दुइ भाग पारि दियो।
तपाईंको नाकबाट निस्केको सासले पानीलाई एक ठाउँमा थुपारी दियो। बगिरहेको पानी पर्खाल झैं उभियो। समुद्रको गहिराइ सतहमा ठोस बनियो।
जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ। प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्।
मेरो किल्ला बनिनु होस, त्यो घर जहाँ म बचाऊको निम्ति भागेर जान सक्छु। तपाईं मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ। यसैले मलाई बचाउँनलाई आज्ञा दिनुहोस्।
मानिसहरू ओडारहरू र पृथ्वीका चेपचापमा लुक्ने छन्। मानिसहरू परमप्रभु र उहाँको महामहिम शक्तिबाट डराउनेछन्। यो घट्ना त्यतिबेला घट्ने छ जब परमप्रभुले पृथ्वीलाई थर्काउन उभिनु हुन्छ।
म ती दुष्ट काम गर्नेहरूका विरूद्ध लडाइँ गर्न अश्शूरलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्शूरलाई तिनीहरू विरूद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्शूरले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पत्ति खोसेर लैजाने छ। अश्शूरका निम्ति इस्राएल कुल्चिइने मैला-हिलो भएको ठाउँ हुनेछ।
मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले। तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने, “के यो त्यही मानिसहरू हुन जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?”
त्यस्तो योजना मैले मेरो मानिसहरूका लागि बनाएकोछु। अनि सारा जातिहरूलाई दण्ड दिनका लागि म आफ्ना शक्ति प्रयोग गर्नेछु।”
ती यात्रीहरू समुद्री यात्रा गर्दै अन्नहरू खोज्दै बेच्थे। ती मानिसहरूले सोरबाट अन्नहरू ल्याऊँछन् जुन नील नदी छेउमा उब्जन्थ्यो र तिनीहरूले त्यसलाई अन्य राज्यहरूमा बेच्दै छन्।
तपाईंले शहर ध्वंस पार्नु भयो। यो दरिलो पर्खालहरूले सुरक्षित पारेको शहर थियो। तर अहिले यो केवल ढुङ्गाहरूको थुप्रो भएको छ। विदेशी महल नष्ट भयो अब यो कहिल्ये फेरि बनिने छैन्।
तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ? अश्कलोन र समुद्री किनारमा आक्रमण गर्नु परमप्रभुले यसलाई आज्ञा दिनु भएको छ।”