Home Bibles हिब्रू 12:5 · नेपाली बाइबल
हिब्रू 12:5 · नेपाली बाइबल

तिमीहरू परमेश्वरका पुत्रहरू हौ, त्यसैकारण तिमीहरूलाई उहाँले अर्ती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ“मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ, तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधार्नुहुन्छ।

Cross references

व्यवस्था 4:9

तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ।

यहोशू 7:7

यहोशूले भने, “परमप्रभु मेरो मालिक! तपाईंले हामीलाई यर्दन नदी पारी ल्याउनु भयो। तपाईंले किन हामीलाई यति टाढा ल्याउनु भयो अनि एमोरी मानिसहरूद्वारा हामीलाई नष्ट पार्न छोड्नु हुन्छ? हामी इच्छा गर्छौ कि त्यही हामी यर्दन वारिनै रहेको भए सन्तुष्ट हुने थियौ।

2 शमूएल 6:7

तर परमप्रभु उज्जासँग रिसाउनुभयो र उज्जलाई मार्नु भयो। उज्जाले पवित्र सन्दूकलाई छोएर लापरवाही गर्यो।

1 इतिहास 13:9

तिनीहरू किदोनको खलामा आए। रथ तान्ने साँढेहरू ठोक्किए अनि करारको सन्दूक झण्डै लडयो। उज्जाहले सन्दूक समात्न हात बढाए।

1 इतिहास 15:12

दाऊदले तिनीहरूलाई भने, “तिमीहरू लेवी कुल समूहका अगुवाहरू हौ। तिमीहरू र अन्य लेवीहरूले आफैंलाई पवित्र बनाउनु पर्छ। त्यसपछि करारको सन्दूकलाई मैले त्यसको निम्ति बनाएको स्थानमा ल्याउनु पर्छ।

अय्यूब 5:17

त्यो मानिस धन्यको हो, जब परमेश्वरले उसलाई सुमार्ग बताउनुहुन्छ। यसैले गुनासो नगर जब सर्वशक्तिमान परमेश्वरले तिमीमाथि अनुशासन गर्नुहुन्छ।

अय्यूब 34:31

त्यो हुनेछ जबसम्म उसले परमेश्वरलाई भन्दैन् ‘म दोषी हुँ। म अबोप्रान्त पाप गर्ने छैन।

भजनसंग्रह 6:1

हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्। तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।

भजनसंग्रह 94:12

मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ। परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ।

भजनसंग्रह 118:18

परमप्रभुले मलाई दण्ड दिनु भयो, तर उहाँले मलाई मर्न दिनु भएन।

भजनसंग्रह 119:16

म तपाईंको नियमहरूमा रमाउने छु म तपाईंका वचनहरू भुल्ने छैन।

भजनसंग्रह 119:75

हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्। अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो।

भजनसंग्रह 119:83

म धुवाँमाथि झुण्डियाएर राखिएको सुक्खा छालाको थैलो भए तापनि, तपाईंको नियमहरू भुल्ने छैन।

भजनसंग्रह 119:109

मेरो प्राण अनवरत विपदमा परेको छ तर मैले तपाईंको शिक्षाहरू भुलेको छैन।

हितोपदेश 3:1

हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।

हितोपदेश 3:11

हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर।

हितोपदेश 4:5

ज्ञान र समझ-शक्तिलाई प्राप्त गर। मेरो अर्तीलाई नबिर्सनु अनि मैले दिएको शिक्षाहरूलाई अस्वीकार नगर्नु।

यर्मिया 31:18

मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिए जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।

मत्ती 16:9

तिमीहरूले किन अझै नबुझेको? पाँचवटा रोटी जो पाँच हजार मानिसहरूलाई खुवाइए पछि तिमीहरूले कतिवटा टोकरी बटुल्यौ तिमीहरूलाई याद भएन?

लूका 24:6

येशू यहाँ छैन्न। उहाँ मृत्युबाट बौरी उठ्नु भएकोछ। उहाँले गालीलमा तिमीहरूलाई भन्नु भएको कुरा थाहा छ?

लूका 24:8

तब ती स्त्रीहरूले येशूले के भन्नु भएको थियो सम्झना गरे।

1 कोरिन्थी 11:32

तर जब प्रभूले हामीलाई जाँच्नु हुन्छ उहाँले सही मार्ग प्रदर्शनको लागि हामीलाई अनुशासित गराउनष्ठ्वु हुन्छ ताकि यो संसारका अरू मानिसहरू सरह तिमीहरूलाई दण्ड नहोस भनी उहाँले यसो गर्नु हुन्छ।

2 कोरिन्थी 4:8

हामी दुःखै दुःखले घेरिएका छौं, तर हामी किचिएका छैनौं। किहले काँही हामी अल्मलमा पर्छौं र के गर्नु पर्ने जान्दैनौं, तर हामी त्याग्दैनौं।

2 कोरिन्थी 12:9

तर प्रभूले मलाई भने “मेरो अनुग्रह नै तिम्रो लागि प्रशस्त छ। दुर्वलतामा नै मेरो शक्ति सिद्ध हुन्छ।” यसैले म आफ्नो दुर्बलातको गर्व खुशीसित गर्छु। तब ख्रीष्टको शक्ति ममाथि रहनेछ।

हिब्रू 12:3

विवादहरू सहनुहुन येशूलाई विचार गर जब पापीहरूले उहाँलाई सताए, उहाँले सहनु भयो। हताश नबन? तर धीरज बन अनि येशूको बारेमा संझ।

हिब्रू 12:7

त्यसैले हरेक दुखलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्।

याकूब 1:12

त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।

प्रकाश 3:19

“जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरुलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरुको हृदय अनि जीवनलाई परिवर्तन गर।

Interlinear

Choose Theme