Home Bibles ☰ Books हिब्रू 12:6 · नेपाली बाइबल
हिब्रू 12:6 · नेपाली बाइबल

प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।’

Cross references

व्यवस्था 8:5

परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो।

रूथ 1:3

पछि, नाओमीको पति एलीमेलेकको मृत्यु भयो। यसर्थ नाओमी अनि तिनका दुइ छोराहरू मात्र रहे।

2 शमूएल 7:14

म उसको पिता हुनेछु र उ मेरो छोरा हुनेछ। जब उसले पाप गर्दा, म अरू मानिसहरूद्वारा उसलाई दण्ड दिनेछु। तिनीहरू मेरो यन्त्रहरू हुने छन्।

भजनसंग्रह 32:1

त्यो मानिस खुशी हुन्छ जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।

भजनसंग्रह 73:14

हे परमेश्वर, म दिनभरि नै कष्ट भोग्छु अनि प्रत्येक बिहान तपाईंले मलाई दण्ड दिनुहुन्छ।

भजनसंग्रह 89:30

“यदि त्‍यसका सन्‍तानले मेरो व्‍यवस्‍था त्‍यागे भने, र मेरा कानूनहरूमा चलेनन्‌ भने,

भजनसंग्रह 94:12

मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ। परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ।

भजनसंग्रह 119:71

मेरो निम्ति वेदना उत्तम थियो। मैले तपाईंको नियमहरू सिकें।

भजनसंग्रह 119:75

हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्। अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो।

हितोपदेश 3:12

किनकि आफूले माया गर्नुभएका मानिसहरूलाई उहाँले सुधार्नु हुन्छ। हो, परमेश्वर बाबु जस्तै हुनुहुन्छ जुन बाबुले आफूले माया गरेको छोरालाई सजाय दिन्छ।ज्ञानहरूको आशीर्वाद

हितोपदेश 13:24

जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।

यशैया 27:9

याकूबको दोष कसरी क्षमा गरिने? उसका पापहरू कसरी हटाइने? ती कुराहरू हुने नै हो चट्टानको वेदी धूलो परिनेछ। झूटा देवताहरूलाई मूर्तिहरू र वेदीहरू पुज्ने नष्ट हुनेछन्।

यर्मिया 10:24

हे परमप्रभु! निष्पक्ष भएर हामीलाई सुधार्नुहोस्। क्रोधमा हामीलाई सजाय नदिनुहोस् नत्र तपाईंले हामीलाई नाश पार्नु हुनेछ।

Interlinear

Choose Theme