मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ। परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ।
Cross references
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो।
त्यो मानिस धन्यको हो, जब परमेश्वरले उसलाई सुमार्ग बताउनुहुन्छ। यसैले गुनासो नगर जब सर्वशक्तिमान परमेश्वरले तिमीमाथि अनुशासन गर्नुहुन्छ।
तिनीहरू एकदमै भयभीत हुन्छन् जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्।
म पीडित हुनु भन्दा अगाडि, मैले धेरै नराम्रो कामहरू गरेको थिएँ तर अहिले खुब सतर्क भएर तपाईंको आज्ञाहरू पालन गर्दछु।
मेरो निम्ति वेदना उत्तम थियो। मैले तपाईंको नियमहरू सिकें।
हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर।
परमप्रभुको आवाजले यरूशलेम शहरलाई बोलाउँदैछः उहाँ भन्नुहुन्छ, “ज्ञानी मानिसले परमप्रभुको नाउँलाई सम्मान गर्छ। यसकारण तिमी जातिहरु र तिमीहरु जो यहाँ जम्मा भएकाहरु हो ध्यन देऊ।
तर जब प्रभूले हामीलाई जाँच्नु हुन्छ उहाँले सही मार्ग प्रदर्शनको लागि हामीलाई अनुशासित गराउनष्ठ्वु हुन्छ ताकि यो संसारका अरू मानिसहरू सरह तिमीहरूलाई दण्ड नहोस भनी उहाँले यसो गर्नु हुन्छ।
तिमीहरू परमेश्वरका पुत्रहरू हौ, त्यसैकारण तिमीहरूलाई उहाँले अर्ती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ“मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ, तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधार्नुहुन्छ।
“जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरुलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरुको हृदय अनि जीवनलाई परिवर्तन गर।