Home Bibles प्रकाश 3:19 · नेपाली बाइबल
प्रकाश 3:19 · नेपाली बाइबल

“जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरुलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरुको हृदय अनि जीवनलाई परिवर्तन गर।

Cross references

गन्ती 25:11

“एलाजारको छोरो पूजाहारी हारूनको नाति पीनहासले इस्राएलका मानिसहरूलाई मेरो क्रोधबाट बचायो। उसले यो काम गर्यो किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो। यसकारण क्रोधित हुँदा इस्राएलका मानिसहरूलाई मारे।

व्यवस्था 8:5

परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो।

2 शमूएल 7:14

म उसको पिता हुनेछु र उ मेरो छोरा हुनेछ। जब उसले पाप गर्दा, म अरू मानिसहरूद्वारा उसलाई दण्ड दिनेछु। तिनीहरू मेरो यन्त्रहरू हुने छन्।

अय्यूब 5:17

त्यो मानिस धन्यको हो, जब परमेश्वरले उसलाई सुमार्ग बताउनुहुन्छ। यसैले गुनासो नगर जब सर्वशक्तिमान परमेश्वरले तिमीमाथि अनुशासन गर्नुहुन्छ।

भजनसंग्रह 6:1

हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्। तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।

भजनसंग्रह 39:11

हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो, तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्। जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ। हो, हाम्रो जीवन चाँडै नै हराउने जाने बादल जस्तो छ।

भजनसंग्रह 69:9

तपाईंको मन्दिर तफर्को मेरो दरिलो जोशले मलाई ध्वंश पारिरहेछ। म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु।

भजनसंग्रह 94:10

परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ। ती मानिसहरूले के गर्नु पर्ने परमेश्वरले सिकाउनु हुनेछ।

हितोपदेश 3:11

हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर।

हितोपदेश 15:10

जुन मानिसले सही मार्ग अपनाउँदैन उसलाई कठोर सजायले अपेक्षा गरिरहेको हुन्छ, अनि जसले सुधारलाई घृणा गर्छ त्यो निश्चय नै मर्छ।

हितोपदेश 15:32

जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाँउछ।

हितोपदेश 22:15

नानीको मनका मूर्खता रहेको हुन्छ। अनुशसनको डण्डाले यस मूर्खतालाई ऊबाट भगाइन्छ।

यशैया 26:16

हे परमप्रभु, जब मानिसहरू कष्टमा पर्दछन् तिनीहरूले तपाईंलाई याद गर्दछन्। जब तपाईंले उनीहरूलाई दण्ड दिनुहुन्छ। मानिसहरूले तपाईं प्रति चुपचाप प्रार्थना गर्दछन्।

यर्मिया 2:30

“मैले तिमीहरूका नानीहरूलाई दण्ड दिएँ। तर त्यो वेकार भयो कारण तिनीहरूले त्यो ग्रहण गरेनन्। जो अगमवक्तहरू तिमीहरूकहाँ आएका थिए तिनीहरूलाई तिमीहरूले तरवारले काटयौ। संहार गर्ने सिंहले झैं तिमीहरूले अगमवक्ताहरूलाई मार्यौ।”

यर्मिया 7:28

यसकारण तिमीले तिनीहरूलाई यी कुराहरू भन्नेछौ यो यस्तो राज्य हो जहाँ मानिसहरूले परमप्रभु आफ्नो परमेश्वरको आज्ञा पालन गर्दैनन्। तिनीहरूले परमेश्वरले भने अनुशासन ग्रहण गरेनन्। सत्य सडेको छ, तिनीहरूको ओठबाट यो अलग गरिएको छ।

यर्मिया 10:24

हे परमप्रभु! निष्पक्ष भएर हामीलाई सुधार्नुहोस्। क्रोधमा हामीलाई सजाय नदिनुहोस् नत्र तपाईंले हामीलाई नाश पार्नु हुनेछ।

यर्मिया 30:11

हे इस्राएल र यहूदका मानिसहरू, म तिमीहरूसँग छु।” यो परमेश्वरबाट आएको सन्देश हो। “म तिमीहरूको रक्षा गर्नेछु। मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें ती सब नष्ट पार्नेछु तर तिमीहरूलाई नष्ट पार्दिन। यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि सजाय भोग्ने पर्नेछ तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”

यर्मिया 31:18

मैले एप्रैमले यसो भन्दै रोएको सुनेकोछु। ‘हे परमप्रभु तपाईंले साँच्चि नै मलाई दण्ड दिनुभयो अनि मेरो शिक्षा पाएँ। म बाछा जस्तै थिए जसलाई सिकाउनु सकिदैन। मलाई फर्काई ल्याउनु होस् अनि म तपाईंकहाँ फर्की आउनेछु। तपाईं मेरो लागि साँच्चि कै परमप्रभु परमेश्वर हुनुहुन्छ।

सपन्याह 3:2

तिम्रो मानिसहरूले मेरो वचनहरू सुनेनन्। तिनीहरूले मेरो शिक्षाहरू स्वीकार गरेनन्। यरूशलेमले परमप्रभुमा भरोसा गरेन। यरूशलेम उसको परमप्रभुको नजिक आएन।

मत्ती 25:7

“तब सबै कन्याहरू ब्युँझिए। तिनीहरूले आ-आफ्ना दीयोहरू तयार पारे।

यूहन्ना 2:17

यो भइसके पछि येशूका चेलाहरूले धर्माशास्त्रमा के लिखिएको थियो त्यसको सम्झना गरेः “तपाईंको घरको व्यग्रताले मलाई मार्नेछ।”

रोमी 12:11

परमप्रभुको काममा अल्छी नहोऊ। आत्मिक रूपले इर्ष्यालु भएर उहाँको सेवा गर।

1 कोरिन्थी 11:32

तर जब प्रभूले हामीलाई जाँच्नु हुन्छ उहाँले सही मार्ग प्रदर्शनको लागि हामीलाई अनुशासित गराउनष्ठ्वु हुन्छ ताकि यो संसारका अरू मानिसहरू सरह तिमीहरूलाई दण्ड नहोस भनी उहाँले यसो गर्नु हुन्छ।

2 कोरिन्थी 6:9

कति मानिसहरूकोलागि हामी अपरिचित छौं, तरैपनि हामी सुपरिचित छौं। हामी मर्न लागेका ठानिन्छौं, तर हेर! हामी बाँचिराखेका छौं। हामी दण्डित छौं, तर हामी मारिएका छैनौं।

2 कोरिन्थी 7:11

तिमीले पाएको त्यो पीर चाँहि परमेश्वरले चाहेको पीर नै थियो। अब तिमी बुझ्छौ कि त्यस पीरले तिमीमा के ल्यायो। त्यस पीरले तिमीलाई अझ गम्भीर बनायो अनि आफू भूलमा भएको प्रमाण गराउन प्रेरित गरायो। त्यसले तिमीलाई क्रुद्ध र कातर बनायो। त्यसले तिमीमा मलाई भेट्ने इच्छा जगायो। त्यसले तिमीहरूलाई उत्साहित गरायो र न्याय गर्न पर्ने रहेछ भन्ने इच्छा गरायो। त्यस चीजहरूबाट तिमी यो समस्यामा नरहेको प्रत्यक्ष बनायो।

गलाती 4:18

जब मानिसहरूले तिमीमा चासो लिन्छन भने त्यो सँधैं राम्रो छ यदि उद्देश्य राम्रो छ भने। त्यो संधै सत्य हो, म तिमीहरूसित हुँदा होस् कि नहुँदा होस्।

तीतस 2:14

उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।

हिब्रू 12:5

तिमीहरू परमेश्वरका पुत्रहरू हौ, त्यसैकारण तिमीहरूलाई उहाँले अर्ती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ“मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ, तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधार्नुहुन्छ।

याकूब 1:12

त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।

प्रकाश 2:5

यसर्थ याद राष्ठ्वख, तिमीहरुको पतन हुन अघि तिमीहरु कहाँ थियौ। तिमीहरुको हृदय परिवर्तन गर अनि तिमीहरुले पहिला गरेका कुराहरु गर। यदि तिमीहरु परिवर्तन भएनौ भने, म तिमीहरुकहाँ आउनेछु र म दीप-दानी त्यसको स्थानबाट हटाउनेछु।

प्रकाश 2:21

मैले उसलाई आफ्नो हृदय परिवर्त्तन गर्ने अनि आफ्नो पापदेखि मुक्त हुने मौका दिएको छु। तर उ परिवर्त्तन हुन चाहाँदिन।

Interlinear

Choose Theme