हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्। तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
Cross references
जकर्याह, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह अनि बनायाहले अलामोत सारङ्गी बजाए।
मत्तित्याह, एलीपलेहू मिक्नेयाह, ओबेद-एदोम यीएल अनि अजज्याहले शिमीनीत निदेशक अनुसार वीणा बजाए। यो तिनीहरूको प्रतिदिनको कार्य थियो।
तब परमेश्वर रिसाउनु हुन्छ अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें। अनि उसले सियोन पर्वतमा राज गर्नेछ। सियोन मेरो एक विशेष पर्वत हो।”
हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु मलाई जवाफ दिनुहोस्। मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्! मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्!
हे परमप्रभु मलाई बचाउनु होस्! अब धार्मिक मानिसहरू छैनन्। त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।
हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्। तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।
परमप्रभुले मलाई दण्ड दिनु भयो, तर उहाँले मलाई मर्न दिनु भएन।
परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई जलप्रलयद्वारा दण्डित गरेको थिएँ। तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई जलप्रलय द्वारा विध्वंश गर्ने छैन। त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि म तिमीहरूसँग रिसाउने छैन अनि नराम्रा कुराहरू गर्ने छैन।”
म सर्वदा लडाइँ गर्ने छैन्। म सँधै नै क्रोधित भई रहन्न। यदि म लगातर क्रोधित भई रहें भने मैले प्रदान गरेका मानिसहरूका आत्माहरू मेरो समक्ष मर्नेछन्।
हे परमप्रभु! निष्पक्ष भएर हामीलाई सुधार्नुहोस्। क्रोधमा हामीलाई सजाय नदिनुहोस् नत्र तपाईंले हामीलाई नाश पार्नु हुनेछ।
परमप्रभु भन्नुहुन्छ, “हे याकूब, मेरो दास! नडराऊ। म तिमीसँग छु। मैले तिमीलाई जहाँ पठाएको थिए ती जाति-जातिहरू सबै ध्वंस पार्नेछु। तर म तिमीलाई पूर्णरूपले ध्वंस गर्ने छैन। आवश्यकता अनुसार म तिमीलाई सुधार्नेछु र तिमीलाई सजाय नदिइ मुक्त पार्नेछैन।”
तर हामीले आफैलाई ठीकसित जाँच्यौं भने परमेश्वरले हामीलाई जाँच्न हुँदैन।