परमप्रभु भन्नुहुन्छ, “जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसंग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।
Cross references
‘तिमीहरुले देख्यौ मैले तिमीहरूलाई मिश्रबाट चील झैं ल्याएँ।
तिमीहरू मेरो लागि पूजाहारीहरूको एउटा विशेष राष्ट्र हनेछौ। मोशा मैले तिमीलाई भनेका कुरा कुराहरू इस्राएली मानिसहरूलाई अवश्यै भन्नुपर्छ।”
मोशाले मानिसहरूलाई परमप्रभुले बताका सबै आदेश र निर्देनशहरू बताए। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशहरू हामी पालन गर्नेछौं।”
तब मोशाले बलिको गोरूको रगत भएको कचौरा लिए अनि मानिसहरूमाथि छर्के। उनले भने, “परमप्रभुले तिमीहरूसित विशेष करार गर्नु भएकोछ भनी यस रगतले देखाउँछ। परमेश्वरले बनाउनु भएका नियमहरू यस करारको एउटा अंश हो।”
म इस्राएली मानिसहरूको परमेश्वर भई तिनीहरूसंग बस्ने छु।
मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई यी मानिसहरूलाई अगुवाइ गर्ने आदेश दिनु भयो तर यो भन्नु भएन तपाईंले मसंगै कुन मानिस पठाउनु हुन्छ। तपाईंले मलाई भन्नु भयो, ‘म तिमीलाई राम्ररी जान्दछु र म तिमीसित अत्यन्तै खुशी छु।’
तब झट्टै मोशा भुइँमा घोप्टे अनि परमप्रभुको आराधना गरे। तब मोशाले भने,
तब परमप्रभुले भन्नुभयो, “म यो करार तिम्रा सबै मानिसहरूसंग बनाउन गइरहेछु। म यस्तो आश्चर्यजनक कामहरू गर्नेछु जुन यस पृथ्वीको कुनै भूमिमा अथवा राष्ट्रमा कहिल्यै भएका थिएनन्। तिमीहरू प्रत्येकले देख्नेछन् म परमप्रभु अनि महान सर्वोच्च हुँ।
तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिमीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।
याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”
तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। तेरो सबै योद्धाहरूलाई ऐ शहरमा लैजा। ऐ का राजालाई परास्त गर्नमा म तँलाई सहयोग गर्नेछु। म तँलाई त्यसका मानिसहरू, त्यसको शहर अनि त्यस देश दिंदैछु।
शमूएलले जवाफ दिए, “नडराऊ! यो सत्य हो! तिमीहरूले त्यस्ता नराम्रा कामहरू गर्यौ। तर परमप्रभुलाई पछ्ाउन नछोड। हृदय देखि नै परमप्रभुको सेवा गर।
यो युद्धमा तिमीहरूले लड्नु पर्नेछैन। आफ्ना स्थानहरूमा सुदृढ भएर बस। परमप्रभुले तिमीहरूलाई बचाउँनु भएको तिमीहरूले देख्नेछौ। यहूदा अनि यरूशलेम नडराऊ। सुर्ता नगर। परमप्रभु तिमीहरू साथ हुनुहुन्छ, यसर्थ ती मानिसहरूको विरूद्ध भोलि जाऊ।”‘
तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो। तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन, अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।
तपाईं धेरै वर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो, अनि तपाईंले तिनीहरूलाई तपाईंका अगमवक्ताहरू द्वारा तपाईंको आत्माले चेतावनी दिनुभयो। तर तिनीहरूले सुनेनन् यसर्थ तपाईंले तिनीहरूलाई विदेशी राष्ट्रहरूलाई सुम्पिदिनुभयो।
मलाई नठेल्नु होस्। अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!