Home Bibles ☰ Books नहेम्याह 9:20 · नेपाली बाइबल
नहेम्याह 9:20 · नेपाली बाइबल

तपाईंले तिनीहरूलाई शिक्षा दिन तपाईंको उत्तम जोश प्रदान गर्नुभयो। तपाईंले तिनीहरूको मुखबाट तपाईंको स्वर्गीय भोजन खोस्नु भएन, अनि तिनीहरूको तिर्खामा तपाईंले तिनीहरूलाई पानी दिनुभयो।

Cross references

प्रस्थान 16:4

त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीहरूको निम्ति खाध्य आकाशबाट झारी दिन्छु। त्यो खाध्य तिमीहरूको निम्ति हुनेछ अनि प्रत्येक दिन मानिसहरू बाहिर जान्छन् र आफूलाई चाहिएको खाध्य बटुलेर ल्याउँछन्। मैले मानिसहरूलाई भनेको कुरो गर्छन् अथवा गर्दैनन् त्यो बुझ्नको निम्ति म त्यसो गर्छु।

प्रस्थान 16:15

इस्राएलीहरूले यी सबै देखेर एक अर्कामा सोधे, “यो के हो?”तिनीहरूले सोधे किनभने तिनीहरूलाई थाहा थिएन यो के थियो। तब मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनु भएको भोजन हो!

प्रस्थान 16:35

इस्राएलीहरू 40 वर्षसम्म मन्न खाँदै बसे। तिनीहरूले तबसम्म मन्न खाए जबसम्म तिनीहरू जुन भूमिमा बस्नु थियो त्यहाँ आई पुगेनन्। तिनीहरूले कनान प्रदेश नजिकै नपुगुञ्जेल मन्न खाए।

प्रस्थान 17:3

तर मानिसहरू पानीको निम्ति साह्रै तिर्खाएका थिए, यसर्थ तिनीहरूले लगातर मोशा विरूद्ध गन-गन गरिरहे। मानिसहरूले भने, “किन तिमीले हामीलाई मिश्र देशबाट बाहिरा ल्यायौ? के तिमीले हामी हाम्रा बाल-बच्चा तथा गाई-वतुहरू सबै पानी बिना मरून भनी लिएर आएका हौ?”

प्रस्थान 17:6

म तिमीहरूको अघि होरेबमा सिनै पर्वतको चट्टानमाथि म हुनेछु। त्यो लहुरोले चट्टानलाई हिर्काउ अनि त्यो चट्टानबाट पानी निस्कनेछ, तब मानिसहरूले त्यो पानी पिउन सक्छन्।”मोशाले त्यही गरे जुन इस्राएलका बूढा-प्रधानहरूले त्यो देखे।

गन्ती 11:17

अनि म तल आएर त्यहाँ तिमीसंग कुरा गर्नेछु। अनि तिमीमा भएको केही शक्तिको आत्मा लिनेछु र यसलाई तिनीहरूमाथि हाली दिनेछु। अनि तिनीहरूले पनि तिमीहरूसित मानिसहरूलाई डोर्याउने भारहरू लिन सहायता गर्नेछ, ताकि तिमी एक्लै त्यो सबै सहनु पर्दैन।

गन्ती 11:25

तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिमीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।

यहोशू 5:12

भोलिपल्ट बिहान स्वर्गबाट विशेष भोजन आउन बन्द भयो। मानिसहरूले कनान देशमा उम्रिएका खाद्य पदार्थ खाएको पछिल्लो दिन यस्तो भयो। त्यसबेला देखि यता इस्राएलका मानिसहरूले स्वर्गबाट विशेष भोजन पाएनन्।

नहेम्याह 9:30

तपाईं धेरै वर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो, अनि तपाईंले तिनीहरूलाई तपाईंका अगमवक्ताहरू द्वारा तपाईंको आत्माले चेतावनी दिनुभयो। तर तिनीहरूले सुनेनन् यसर्थ तपाईंले तिनीहरूलाई विदेशी राष्ट्रहरूलाई सुम्पिदिनुभयो।

भजनसंग्रह 105:41

परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो अनि त्यहाँबाट भुलभुल पानी निस्क्यो। मरूभूमिमा नदी बग्न थाल्यो।

भजनसंग्रह 143:10

तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।

यशैया 41:17

“गरीब र दीन-दुखी मानिसहरूले पानी खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्। तिनीहरूको जिब्राहरू सुवखा छन्। म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु। म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्।

यशैया 48:21

परमप्रभुले मरूभूमिबाट भएर मानिसहरूलाई डोर्याउनु भयो, अनि तिनीहरू कहिल्यै तिर्खाएनन्। किन? किनभने आफ्ना मानिसहरूका निम्ति चट्टानबाट बगाएर उहाँले पानी बनाउनु भयो। उहाँले चट्टान फोर्नु भयो र पानी बगाउनु भयो।”

यशैया 49:10

मानिसहरू भोको हुने छैनन्। तिनीहरू तिर्खाउने छैनन्। तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ। उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।

यशैया 63:11

तर धेरै वर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ। उहाँ मोशा र मानिसहरूको बारेमा सोच्नु हुन्छ। परमप्रभु नै एकजना हुनुहुन्छ जसले मानिसहरूलाई समुद्रबाट ल्याउनु भयो। परमप्रभुले आफ्ना भेंडाहरू डोर्याउन आफ्नो गोठाला प्रयोग गर्नु भयो। तर परमप्रभु, जसले आफ्नो आत्मा तिनीहरूमा स्थापित गर्नु भयो, अहिले कहाँ हुनुहुन्छ?

यूहन्ना 4:10

यशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।”

यूहन्ना 4:14

तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जून पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”

Interlinear

Choose Theme