Home Bibles ☰ Books 1 शमूएल 12:20 · नेपाली बाइबल
1 शमूएल 12:20 · नेपाली बाइबल

शमूएलले जवाफ दिए, “नडराऊ! यो सत्य हो! तिमीहरूले त्यस्ता नराम्रा कामहरू गर्यौ। तर परमप्रभुलाई पछ्ाउन नछोड। हृदय देखि नै परमप्रभुको सेवा गर।

Cross references

प्रस्थान 20:19

तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसंग कुरा नगरून। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”

व्यवस्था 10:12

“इस्राएलका मानिसहरू हो, अब सुन! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नु भएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ।

व्यवस्था 11:16

“मूर्ख नबन, सधैं सावधान भएर बस। अरू देव-देवताहरूलाई पूजा नगर।

व्यवस्था 31:29

म जान्दछु मेरो मृत्युपछि तिमीहरू दुष्ट हुनेछौ। मैले अनुसरण गर्नु भनी बताएको बाटोबाट तिमीहरू पर सर्ने छौ। भविष्यमा तिमीहरूको निम्ति नराम्रो आइलाग्नेछ। किन? किनभने परमप्रभुले नराम्रो भन्नु भएका कुराहरू तिमीहरू गर्न चाहन्छौ। किनभने तिमीहरू नराम्रो कुराहरू गर्छौ।”मोशाको स्तुति गीत

यहोशू 23:6

“परमप्रभुले हामीलाई आज्ञा गर्नु भएका सबै कुराहरू पालन गर्न तिमीहरू सावधान हुनुपर्छ। मोशाको व्यवस्थाको पुस्तकमा लेखिएका हरेक कुरा पालन गर। त्यो नियमबाट टाढा नफर्कनु।

1 इतिहास 28:9

अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।

भजनसंग्रह 40:4

त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ। यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ।

भजनसंग्रह 101:3

म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन, म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ। म त्यस्तो गर्नेछैन!

भजनसंग्रह 125:5

दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्। परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ। त्यहाँ इस्राएल मा शान्ति छाओस्।

यर्मिया 3:1

“यदि एकजना मानिसले आफ्नी पत्नीसित छुटानाम गर्छ र त्यस पत्नीले अर्को मानिससित विवाह गरी भने के त्यो पहिलो मानिस त्यही स्त्रीसित फेरि सम्बन्ध राख्न आँउछ? अँह, यदि त्यस स्त्रीकहाँ त्यो पहिलो पुरूष फर्की आए, जमीन नै एकदमै दूषित हुनेछ। तिमी धेरै प्रेमीहरूसित वेश्या झैं व्यवहार गरिरहेका छौ। अनि अब तिमी मकहाँ फर्की आउनु चाहन्छौ।” यो सन्देश परमप्रभुबाट आएको हो।

हाग्गै 2:5

परमप्रभु भन्नुहुन्छ, “जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसंग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।

1 पत्रुस 3:16

तर ती मानिसहरुलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरुले सही कार्य गरिरहेका छौ। जब तिमीहरु यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरुको चरित्रको विषयमा निन्दा गर्नेहरु लज्जित हुनेछन्।

Interlinear

Choose Theme