Home Bibles उत्पत्ति 2:7 · नेपाली बाइबल
उत्पत्ति 2:7 · नेपाली बाइबल

तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।

Cross references

उत्पत्ति 1:27

यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।

उत्पत्ति 3:19

तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”

उत्पत्ति 3:23

परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो।

उत्पत्ति 7:22

पृथ्वीमाथि उड्ने सबै प्राणीहरु अनि सबै सजीव वस्तुहरु जो सुख्खा भूमिमा थिए मरे।

गन्ती 16:22

मोशा र हारूनले शिर निहुर्याएर भने, “हे परमेश्वर, तपाईं सबै मानिसको आत्माको परमेश्वर हुनुहुन्छ। जब एक जना मानिसहरूले पाप गर्छ, के तपाईं सम्पूर्ण समुदायसित रिसाउनु हुन्छ?”

गन्ती 27:16

“परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु। म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्।

अय्यूब 4:19

यसकारण मानिसहरू निश्चय नै खराब हुन्छन्। मानिसहरू माटाको घरमा बस्दछन। ती माटाका घरहरूको जग फोहरमा हुन्छ। कीरा फटेङ्ग्राहरू भन्दा तिनीहरू सजिलै किच्चिएर मर्छन्।

अय्यूब 27:3

तर जबसम्म जीवन म भित्र रहन्छ अनि परमेश्वरको जीवनको स्वास मेरो नाकमा रहन्छ।

अय्यूब 33:4

परमेश्वरको आत्माले मलाई बनाउनु भयो। मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ।

अय्यूब 33:6

परमेश्वरको समक्ष तिमी र म बराबर छौं परमेश्वरले हामी दुवैलाई बनाउँन माटो प्रयोग गर्नु भयो।

भजनसंग्रह 100:3

परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान। उहाँले हामीलाई रच्नु भयो अनि हामी उहाँका मानिसहरू हौं, हामी उहाँका भेंडा हौं।

भजनसंग्रह 103:14

परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ, हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ।

भजनसंग्रह 139:14

हे परमप्रभु, म तपाईंको प्रशंसा गर्छु। तपाईंले मलाई आश्चर्यपूर्वक र अपूर्व प्रकारले बनाउनु भयो। म खुब जान्दछु कि जे तपाईंले गर्नुभयो, आश्चयपूर्ण छ।

हितोपदेश 20:27

एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउछ।

उपदेशक 3:7

त्यहाँ लुगा च्यात्ने एउटा समय छ र लुगा सिलाउने एउटा समय। त्यहाँ एउटा चुपचाप रहने समय छ बोल्ने एउटा समय छ।

उपदेशक 3:20

मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोवाट आएका हुन् अनि माटोमा नै मिल्छन।

उपदेशक 12:7

तिम्रो शरीर माटोबाट बनिएको हो। मरेपछि पनि माटोमै फर्कन्छ। तर आत्मा जुन परमेश्वरबाट आयो मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ।

यशैया 2:22

तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन्-जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ।

यशैया 64:8

तर परमप्रभु, तपाईं हाम्रो पिता हुनुहुन्छ। हामी हिलो जस्तै छौं अनि तपाईं कुमाले हुनुहुन्छ। तपाईंकै हातले हामीहरूलाई बनाउनु भयो।

इजकिएल 37:5

परमप्रभु मेरो मालिक तिमीहरूसित यो भन्नु हुन्छ, म तिमीहरूमा सास आउँन दिनेछु अनि तिमी जीवित हुनेछौ।

इजकिएल 37:6

म तिमीहरूमाथि नसा अनि माँसपेशीहरू लगाउँछु अनि म तिमीहरूलाई मासु र छालाले छोपिदिन्छु। त्यसपछि म तिमीहरूमा प्राण संचार गरिदिन्छु अनि तिमी फेरि जीवित भएर उठ्नेछौ। त्यतिबेला तिमीहरूले सम्झने छौ म नै परमप्रभु तिम्रा मालिक हुँ।”‘

जकरिया 12:1

इस्राएलको बिषयमा परमप्रभुको दुःखको वचन। परमप्रभुले पृथ्वी र आकाश बनाउँनु भयो। उहाँले मानिसको आत्मा रच्नु भयो। अनि यी कुराहरू भन्नुभयो,

यूहन्ना 20:22

यती भनिसके पछि, येशूले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ।”

प्रेरित 17:25

मध्यरात तिर पावल र सिलासले प्रार्थना गर्दै र प्रभुको भजनहरू गाईरहेका थिए। अन्य कैदीहरूले तिनीहरूलाई सुने।

रोमी 9:20

हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ?

1 कोरिन्थी 15:45

धर्मशास्त्रमा जस्तो लेखिएको छः “प्रथम मानिस एउटा जीवित थोक भयो। तर अन्तिम आदम आत्मा भयो जसले जीवन दिन्छ।”

1 कोरिन्थी 15:47

पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्त्रो मानिस स्वर्गबाट आयो।

2 कोरिन्थी 4:7

परमेश्वरले हामीलाई यो धन दिनुभयो। तर हामी यस्तो धन राख्न माटाका भाँडाहरू जस्ता मात्र छौं। यसले बझाँउछ कि यो महान शक्ति परमेश्वरबाट हो, हामीबाट होइन।

2 कोरिन्थी 5:1

हामी जान्दछौं, यस धरतीमा हामी जुन तम्बूमा बस्छौं त्यो नष्ट हुनेछ। तर जब त्यो नष्ट हुनेछ, हामीले बस्ने घर परमेश्वरबाट पाउनछौं। त्यो घर मानिसले बनाएको होइन। यो घर स्वर्गमा हुन्छ र अनन्त रहनेछ।

हिब्रू 12:9

यस पृथ्वीमा, हामी सबैका आ-आफ्ना पिताहरू छन् जसले हामीलाई अनुशासित गर्छन्। अनि हामी उनीहरूको आदर गर्छौ नै। यसर्थ अझ बढी हामीले आफ्ना आत्मिक पिताको अनुशासन स्वीकार गर्नुपर्छ। यसो गरयौं भने हामीले जीवन पाउनेछौ।

Interlinear

Choose Theme