त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरुकी तिनी आमा हुन्।
Cross references
अनि मानिसले पाल्तू गाई वस्तु, आकाशमा उड्ने चरा-चुरुङ्गीहरु र जङ्गली जनावरहरुको नाउँ राख्यो। तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन।
तब त्यस मानिसले भने, “आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो अनि उसको शरीर मेरो शरीरबाट आयो। किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई स्त्री मानिस भन्नेछु।”
उनले आफ्नो छोरोको नाउँ न्ह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम दिओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”
परमप्रभुका दूतले यसो पनि भने,“हागार अहिले तिमी गर्भवती छौ। अनि तिमीले छोरो जन्माउने छौ। तिमीले उसको नाउँ इश्माएल राख्ने छौ किनभने तिमीलाई कुव्यवहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ।
लेआले छोरो जन्माई अनि त्यसको नाउँ रूबेन राखीन्। लेआले छोरोको नाउँ यस्तो राखी किनभने उनले भनीन्, “मेरो दुःख परमप्रभुले देख्नु भएको छ। मेरा पतिले मलाई प्रेम गर्दैनन्, यसर्थ, अब हुनुसक्छ उनले मलाई प्रेम गर्नेछन्।”
छोरो जन्मदा-जन्मदै राहेल मरी। मृत्युअघि आफ्नो त्यस छोरोको नाउँ तिनले बेन-ओनी राखीन्। तर याकूबले उसको नाउँ बिन्यामीन राख्यो।
त्यो नानी हुर्कियो अनि केही समयपछि त्यस आइमाईले राजकुमारीलाई नानी दिई। त्यो राजकुमारीले नानी ग्रहण गरी अनि त्यो नानीलाई उसले पानीबाट तानेर निकालेको हुनाले त्यसको नाउँ मोशा राखी।
तिनी गर्भवती भइन्। समय पुगेपछि हन्नाले एउटा छोरो जन्माइन्। तिनले छोराको नाउँ शमूएलराखिन्। तिनले भनिन्, “यसको नाउँ शामूएल हो किनभने यसलाई मैले परमप्रभुसित मागेकी हुँ।”
उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ।
“कन्या गर्भवती हुनेछिन्, र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन्।”(इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)
अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।