Home Bibles उत्पत्ति 13:16 · नेपाली बाइबल
उत्पत्ति 13:16 · नेपाली बाइबल

म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन।

Cross references

उत्पत्ति 12:2

म तिमीलाई आशीर्वाद दिनेछु, तिमीबाट महान् राष्ट्र बनाएर प्रसिद्ध बनाउनेछु। तब मानिसहरूले अरूलाई आशीर्वाद दिदाँ तिम्रो नाउँ लिनेछन्।

उत्पत्ति 15:5

त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।”

उत्पत्ति 17:2

यदि तिमीले यसो गर्छौ, म हामीबीच एउटा करार तयार पार्नेछु। म तिम्रा सन्तानहरु व्यापक संख्यामा बढाउनेछु।”

उत्पत्ति 17:6

म तिमीलाई धेरै-धेरै सन्तानहरू दिनेछु। नयाँ राष्ट्र र राजा तिमीबाट नै बनिनेछन्।

उत्पत्ति 17:16

म उसलाई आशीर्वाद दिनेछु। म उसलाई एउटा छोरा पनि दिनेछु अनि तँ छोराको बुबा हुनेछस्। तिनी धेरै राष्ट्रहरूको आमा हुनेछिन् अनि उबाट धेरै राजाहरू जन्मिनेछन्।”

उत्पत्ति 17:20

“तैंसे इश्माएलको कुरा गरिस अनि मैले त्यो सुनें। म उसलाई आशीर्वाद दिन्छु। उसको धेरै सन्तानहरू हुनछन् अनि तिनी बाह्रजना महान राजकुमारहरूको पिता हुनेछन् र तिनको परिवारहरूबाट एउटा महान् राष्ट्र बनिनेछ।

उत्पत्ति 18:18

अब्राहाम एउटा महान र शक्तिशाली जाति बनिनेछन् अनि पृथ्वीका सबै मानिसहरू तिनको कारणले आशिष पाउनेछन्।

उत्पत्ति 21:13

तर म तिम्रो कमारी स्त्रीको छोरालाई पनि आशीर्वाद दिनेछु। उ पनि तिम्रो पुत्र हो र उनले पनि आफ्नो परिवारबाट एउटा विशाल राष्ट्र बनाउने छ।”

उत्पत्ति 22:17

म तिमीलाई साँचो रूपले आशीर्वाद दिन्छु। म तिमीलाई आकाशका ताराहरू भन्दा धेरै सन्तान दिन्छु। तिम्रा मानिसहरू समुद्रको किनारमा भएको बालुवाको कणभन्दा पनि वेशी हुनेछन्। अनि ती तिम्रा मानिसहरू आफ्ना आफ्नो शत्रुहरूका शहरहरू जितेर बस्नेछन्।

उत्पत्ति 25:1

अब्राहामले फेरि विवाह गरे अनि तिनकी नयाँ पत्नीको नाउँ कतुरा थियो।

उत्पत्ति 26:4

म तेरो परिवारलाई आकाशका ताराहरू जस्तै बनाउनेछु। अनि यी सबै भूमिहरू तेरो परिवारहरूलाई दिनेछु? पृथ्वीका सबै राष्ट्रहरूले तेरा सन्तानहरूद्वारा आशीर्वाद पाउँनेछन्।

उत्पत्ति 28:3

म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्।

उत्पत्ति 28:14

तेरा सन्तानहरू त्यति विघ्न हुनेछन् जति पृथ्वीमा धूलोको कण छ। तिनीहरू पूर्व, पश्चिम, उत्तर अनि दक्षिणतिर फैलिएर बस्नेछन्। पृथ्वीमा बस्ने सबै जातिले तेरा सन्तानहरूको कारण आशीर्वाद पाउनेछन्।

उत्पत्ति 32:12

तर तपाईं आफैले भन्नुभयो, ‘म निश्चय नै तिम्रो उन्नति गराउने छु अनि तिम्रा सन्तानहरू संख्यामा यति धेरै बनाउने छु तिनीहरू समुद्रको बालुकाका कणभन्दा बढी हुनेछन् अनि तिनीहरूलाई गन्ती गर्न सकिन्न।”‘

उत्पत्ति 32:13

अनि याकूबले त्यो रात त्यही बितायो। उनले उसको दाज्यू एसावको निम्ति केही उपहार तयार पार्यो।

उत्पत्ति 35:11

परमेश्वरले उसलाई भन्नु भयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्।

उत्पत्ति 36:1

एसावको पारिवारिक इतिहास यही हो।

उत्पत्ति 46:3

तब परमेश्वरले भन्नुभयो, “म परमेश्वर हुँ, तिम्रा बाबुको परमेश्वर। मिश्रमा जान नडराऊ मिश्रमा म तिमीलाई ठूलो जातिहरू बनाउनेछु।

प्रस्थान 1:7

तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो।

प्रस्थान 32:13

अब्राहाम, इसहाक तथा याकूबलाई सम्झना गर्नु होस्, ती मानिसहरूले तपाईंलाई सेवा गरेका थिए अनि तपाईंले एउटा प्रतिज्ञा गर्नुभयो। तपाईंले भन्नु भयो, ‘म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू भन्दा वेशी बनाउनेछु अनि तिनीहरूलाई सम्पूर्ण भूमि दिनु भयो। यो भूमि तिनीहरूलाई सदाको निम्ति हुनेछ।”‘

गन्ती 23:10

याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्? तिनीहरूको संख्या धूलोको कण जत्तिकै असंख्य छ। तिनीहरूका चार भागको एक भाग पनि कसैले गन्न सक्तैन। मेरो आत्माले असल मृत्यु पाओस्, मेरो जीवन तिनीहरूको झैं खुशीयालीमा अन्त होस्।”

व्यवस्था 1:10

अनि झन् अहिले त परमप्रभु तिमीहरूको परमेश्वरले यति धेरैभन्दा धेरै मानिसहरू बढाउनु भयो तिमीहरू आकाशको ताराहरू झैं भरिएका छौ।

न्यायकर्ता 6:3

तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे।

न्यायकर्ता 6:5

मिद्यानका मानिसहरू माथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आफ्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल झैं धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश पारे।

1 राजा 3:8

म, तपाईंको दास हँू अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हूँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ।

1 राजा 4:20

यहूदा र इस्राएलमा धेरै संख्यामा मानिसहरू थिए। मानिसहरूको संख्या समुद्रतटका बालुवाका कण जति नै थिये। मानिसहरू सुखी जीवन व्यतीत गर्दैथिएः तिनीहरू खानपीन गर्दथिए अनि खुशी थिए।

1 इतिहास 21:5

अनि कतिजना मानिसहरू थिए सो दाऊदलाई भने। इस्राएलमा 11,00,000 मानिसहरू थिए जो तरवार चलाउन सक्थे। अनि 4,70,000 मानिसहरू यहूदामा थिए जो तरवार चलाउन सक्थे।

1 इतिहास 27:23

दाऊदले इस्राएलका मानिसहरूको गन्ती गर्ने निश्चय गरे। त्यहाँ अति धेरै मानिसहरू थिए किनभने परमेश्वरले इस्राएलका मानिसहरूलाई आकाशमा भएका ताराहरू जस्तै धेरै बनाउने प्रतिज्ञा गर्नु भएको थियो। यसर्थ दाऊदले ती मानिसहरूको मात्र गणना गरे जो बीस वर्ष अनि त्यस भन्दा माथिका थिए।

2 इतिहास 1:9

अब हे परमप्रभु परमेश्वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको वचन राखि दिनुहोस्। तपाईंले मलाई एक अत्यन्त विशाल राष्ट्रका राजा चुन्नु भयो। त्यहाँ यति विघ्न मानिसहरू छन् जस्तै तिनीहरू पृथ्वीका धूलो सरी छन्।

2 इतिहास 17:14

ती सैनिकहरू तिनीहरूका परिवार समूहमा सूची बद्ध थिए। यरूशलेमका ती सैनिकहरूको सूची यो होः यहूदाका कुल समूहका सेनाध्यक्षहरू यी थिएः अदना 3,00,000 सैनिकहरूका सेनाध्यक्ष थिए।

अय्यूब 5:25

तिम्रा धेरै नानीहरू हुनेछन। तिनीहरू घाँसका पातहरू झैं प्रशस्त हुनेछन।

यशैया 48:18

यदि तिमीले मेरो कुरा मानेको भए तिमीहरूकहाँ पूर्ण रूपमा बगीरहेको पानी सरह शान्ति आउने थियो। असल कुराहरू घरिघरि आउने समुद्रका छालहरू सरह तिमीहरूकहाँ आउने थियो।

यर्मिया 33:22

तर म मेरो दास दाऊदका सन्तानहरूलाई र लेवीका परिवारहरूलाई जसले मेरो सेवा गरिरहेका छन् संख्या वृद्धि गराउनेछु। तिनीहरूको सन्तानको संख्या आकाशमा ताराहरू र सागरको किनारमा बालुवाको कण झैं अनगन्ती हुनेछ।”

रोमी 4:16

यसकारण परमेश्वरको विश्वास प्रतिज्ञाको फल हो। त्यसैले परमेश्वरको प्रतिज्ञा सित्तैको उपहार जस्तै पाउन सकिन्छ। अनि यदि प्रतिज्ञा सित्तैको उपहार भए, अब्राहामका विश्वास हुने सबै मानिसहरूले त्यो वचन पाउन सक्छन्। यो प्रतिज्ञा ती मानिसहरूका लागि मात्र होइन जो मोशाको व्यवस्थाको अधीनमा छन्। प्रतिज्ञा सबैको निम्ति हो जो अब्राहाम जस्तै विश्वासी थिए। अब्राहाम हामी सबैका पिता हुन्।

हिब्रू 11:12

उनी यति बूढा थिए कि उनी प्राय मृत नै थिए। बाँच्न आशा समेत कमै थियो। तर त्यस्ता मानिसबाट संसारमा ताराहरू जत्ति कै असंख्य र बगरमा बालुवाको कणहरू जत्तिकै अनगन्ती सन्तानहरू जन्मे।

प्रकाश 7:9

त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरु थिए। तिनीहरु पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरु थिए। तिनीहरु सिंहासन अनि भेंडाको पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरु सबै सेतो पोशाकमा थिए अनि तिनीहरुका हातमा खजूरका हाँगा थिए।

Interlinear

Choose Theme