Home Bibles ☰ Books हितोपदेश 13:12 · नेपाली बाइबल
हितोपदेश 13:12 · नेपाली बाइबल

पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखित बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।

Cross references

उत्पत्ति 21:6

अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ।

उत्पत्ति 46:30

तब इस्राएलले यूसुफलाई भने, “अब म शान्तिसित प्राण त्याग्न सक्छु। मैले तेरो मुख देखें अनि बुझें तँ जिउँदै छस्।”

1 शमूएल 1:26

हन्नाले बालकलाई एलीको अघिल्तिर लिएर गइन् र भनिन्, “महाशाय, मलाई क्षमा गर्नु होला। म त्यही स्त्री हुँ, जो परमप्रभुलाई प्रार्थना गर्दागर्दै तपाईंका सामु उभिएकी थिएँ। मैले साँचो भनिरहेको छु।

नहेम्याह 2:2

यसर्थ राजाले मलाई भन्नुभयो, “तिम्रो अनुहार किन नराम्रो देखिइरहेको छ यद्यपि तिमी विरामी छैनौ? मलाई लाग्छ यो केवल हृदयको दुःख हो अरू केही पनि होइन।” तब म अत्यन्तै डराएँ।तब म अत्यन्त भयभीत भएँ।

भजनसंग्रह 17:15

मैले न्यायको निम्ति प्रार्थना गरें। यसैले, हे परमप्रभु, म तपाईंको मुहार हेर्नेछु। हे परमप्रभु, तपाईंलाई हेरेर, म पूर्ण सन्तुष्ट हुनेछु।

भजनसंग्रह 40:2

परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो। उहाँले मलाई हिलै हिलो भएको ठाउँबाट उठाउनु भयो। उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।

भजनसंग्रह 42:1

हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।

भजनसंग्रह 69:3

तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु। मेरो घाँटी पोलिरहेछ। म तपाईंको सहयोगको निम्ति मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहें,

भजनसंग्रह 119:81

म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु। तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।

भजनसंग्रह 143:7

परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्! मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।

हितोपदेश 3:18

ज्ञान एउटा मानिसको निम्ति जीवनको बृक्ष झैं हो जसले उसलाई बलिय गरी समाउँछ अनि त्यसमा जो टाँसिएर रहेनछ संधै धन्य रहन्छन्।

हितोपदेश 11:30

धर्मी मानिसले गरेको कर्मफल “जीवनको वृक्ष” जस्तो हो, अनि ज्ञानी मानिसले आरूलाई नयाँ जीवन दिन्छन्।

Interlinear

Choose Theme