अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किन? किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउँनेछ।”
Cross references
परमप्रभुले अब्रामलाई भन्नुभयो, “तिम्रो देश र तिम्रा मानिसहरूलाई छोड र मैले देखाएको देशमा जाऊ।
अब्राहामको सबभन्दा पुरानो अनि प्रमुख सेवक तिनको प्रत्येक चीजको जिम्मेवार थियो। अब्राहामले उसलाई आफू भएको ठाउँमा बोलाए अनि भने, “तेरो हात मेरो तिघ्रामुनि राख।
त्यो नोकरले अब्राहामबाट दशवटा ऊँट लियो अनि ऊ त्यस ठाउँबाट हिंड्यो। नोकरले धेरै प्रकारको राम्रा-राम्रा उपहारहरू लिएर गयो। ऊ नाहोरको शहर मेसोपोटामिया गयो।
इसहाककी पत्नी रिबेका बाँझी थिई। यसर्थ इसहाकले आफ्नी पत्नीका निम्ति परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्नु भयो अनि रिबेका गर्भवती भइन्।
राहेलले अनुभव गरिन् उनले याकूबको निम्ति कुनै नानी जन्माउनु सकेकी थिइन। यसर्थ ऊ आफ्ना दिदीसित डाही भई। यसर्थ राहेलले याकूबलाई भनी, “मलाई नानी दिनु होस् नत्र म मर्नेछु।”
यसकारण यूसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो।
मेरा मालिकले मलाई आफू समान सम्झन्छन्। तर मैले उसकी पत्नीसित सुत्नु हुँदैन। यो उचित होइन। यो परमेश्वरको बिरूद्धमा पाप हो।”
यसर्थ ती दाज्यू-भाइहरू यूसुफको घरको नोकरहरूको मुखियाकहाँ गए।
तब यूसुफले आफ्नो नोकरलाई हुकुम गरे! यूसुफले भने, “यी मानिसहरू बोराहरूमा जति अन्न लिएर जान सक्छन् त्यति धेरै अन्न हालिदेऊ। अनि प्रत्येक मानिसको पैसा उसको अन्नको बोराभित्र हालिदेऊ।
ती नोकरले उत्तरदिए, “यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्।
तिनले परमेश्वरलाई भाकल गर्दै भनिन्, “हे सर्वशक्तिमान परमप्रभु म अफसोसमा छु। तपाईंले मलाई दया गर्नुहोस्। ममाथि कृपालु हुनुहोस् म तपाईंकी दासी हुँ। यदि तपाईंले मलाई एउटा छोरा दिनुभयो भने त्यो बाँचुञ्जेलसम्म म त्यसलाई तपाईंकै सेवामा अर्पण गर्नेछु। त्यस बालकले कहिले पनि दाखरस पिउने छैन र त्यसको कपाल पनि काटीने छैन्।”
शिशुहरू परमप्रभुकै उपहार हुन्। आमाको शरीरबाट पुरस्कार हो।
पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखित बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।
एकजना बुद्धिमान नोकरले एकजना हडबडाउने छोरामाथि शासन् गर्छ, अनि उसले एउटा दाज्यू-भाई झैं पैतृक धन प्राप्त गर्छ।