Home Bibles ☰ Books एज्रा 7:15 · नेपाली बाइबल
एज्रा 7:15 · नेपाली बाइबल

तिमीलाई राजा र उनका सल्लाहकारहरूले इस्राएलका परमेश्वर, जसको मन्दिर यरूशलेममा छ, मुक्त रूपले अर्पण गरेका सुन र चाँदीहरू लिन पठाएका हुन साथै यरूशलेममा तिनीहरूका परमेश्वरको मन्दिरको निम्ति मानिसहरू अनि पूजाहारीहरूले गरेका।

Cross references

1 इतिहास 29:6

परिवारहरूका अगुवाहरू, इस्राएली कुल समूहका अगुवाहरू, एकहजारका सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षहरू र अधिकारीहरू व्यस्त भएका सबै तयार थिए। अनि तिनीहरू सबैले आफ्ना मूल्यवान वस्तुहरू अर्पण गरे।

2 इतिहास 2:6

कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राख्नका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राख्न सक्तैन। अहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राख्न सक्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तिनँ। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु।

2 इतिहास 6:2

परमप्रभु, मैले तपाईंलाई बस्नका निम्ति एक मन्दिर निर्माण गरेको छु। यो एउटा उच्च मन्दिर हो, एक स्थान जहाँ तपाईं सदा सर्वदा रहनु हुनेछ।”

2 इतिहास 6:6

तर अहिले मेरो नाउँको निम्ति स्थानको रूपमा यरूशलेम चुनेको छु। अनि मैले मेरा इस्राएली मानिसहरूको अगुवाइका निम्ति दाऊदलाई चुनेको छु।’

2 इतिहास 32:23

धेरै मानिसहरूले यरूशलेममा परमप्रभुका निम्ति उपहारहरू ल्याए अनि यहूदाका राजा हिजकियाहका निम्ति मूल्यवान वस्तुहरू ल्याए। त्यस समयदेखि सबै राष्ट्रहरूले हिजकियाहलाई सम्मान गरे।

एज्रा 1:6

तिनीहरू का समस्त छिमेकीहरूले चाँदीद्वारा निर्मित वस्तुहरू, सुन, माल-ताल अनि पशु-प्राणिहरूको साथै मुल्यवान भेटीहरू सहित सबै किसिमका स्वेच्छिक अर्पणहरू प्रदान गरेर तिनीहरूलाई सहयोग गरे।

एज्रा 6:4

यसको उचाइ 90 फीट चौडाइ 90 फिट हुनेछ। विशाल शिला खण्डका तीन पत्र अनि काठका बीम एक पत्र सहित त्यसको खर्च राज कोषबाट दिइनेछ।

एज्रा 6:8

त्यस सम्बन्धमा यो आदेश दिन्छु परमेश्वरको मानिस निर्माण कार्यमा यी मन्दिरको खर्च पुर्णरूपले राज कोषबाट-नदीपारीको प्रदेशका तिरोहरूबाट-तिरीनेछ, जसमा कि

एज्रा 6:12

आफ्नो नाउँलाई त्यहाँ बसाउनु हुने यरूशलेमका परमेश्वरको त्यो मन्दिर नष्ट गर्नका निम्ति यो आदेशलाई अवज्ञा गर्ने प्रयास गर्ने कुनै राजा वा मानिसलाई परास्त गरून्।म, दाराले यो आदेश गरेकोछु। यसलाई सावधानीपूर्वक चाँडो पालन गरियोस्।

एज्रा 8:25

त्यसपछि राजा र तिनका सल्लाहकारहरू र अधिकारीहरू त्यहाँ उपस्थित भएका इस्राएलका सबै मानिसहरूले हाम्रा परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका सुन, चाँदी र भाँडा-वत्तर्नहरू तौलेर मैले तिनीहरूलाई दिए।

भजनसंग्रह 9:11

तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ। अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।

भजनसंग्रह 26:8

हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

भजनसंग्रह 68:29

राजाहरूले आफ्नो सम्पत्ति तपाईंको महल यरूशलेममा ल्याउने छन्।

भजनसंग्रह 72:10

तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।

भजनसंग्रह 76:2

शालेममा परमेश्वरको मन्दिर छ। परमेश्वरको भर सियोन पर्वतमा छ।

भजनसंग्रह 76:11

हे मानिसहरू, तिमीहरूले परमप्रभु परमेश्वर प्रति वचन दिएका थियौ। अब उहाँप्रति ती वचनहरू पूरा गर। प्रत्येक ठाउँमा मानिसहरू परमेश्वरसित डराउँछन् र आदर गर्छन्। तपाईंले तिनीहरूलाई भेटीहरू ल्याउन दिनुहोस्।

Interlinear

Choose Theme