तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ। अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।
Cross references
हे असल धार्मिक मानिसहरू परमप्रभुमा आनन्दित होऊ! उहाँको गुण गाउनु मानिसहरूका लागि राम्रो हुन्छ।
परमेश्वरको स्तुति-गान गर। स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ।
उहाँको नाउँको महिमाको प्रशंसा गर! स्तुति-गानहरूले उहाँको सम्मान गर!
परमेश्वरले गर्नु भएको कामहरू हेर! ती कुराहरूले हामीलाई छक्क पार्छ।
शालेममा परमेश्वरको मन्दिर छ। परमेश्वरको भर सियोन पर्वतमा छ।
अहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।
परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने, म उसलाई बचाउने छु जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु।
परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
जाति-जातिहरूलाई घोषणा गर। परमप्रभु नै राजा हुन्, ताकि संसार नष्ट नहोस्। परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
परमप्रभुलाई धन्यवाद देऊ। उहाँको नाउँ उपासना गर। सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
प्रति बलिदान स्वरूप उपहारहरू अर्पण गर अनि उहाँका कार्यहरू प्रति धन्यवाद प्रदान गर। खुशी भएर उहाँले गर्नु भएका कार्यहरूको बारे भन्दै जाऊ।
म बाँच्ने छु मर्ने छैन अनि परमप्रभुले के गर्नुभयो भनेर बताउनेछु।
परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो।
परमप्रभुको प्रशंसा गर! माथि स्वर्गमा भएका स्वर्गदूतहरू हो। परमप्रभुको प्रशंसा गर।
परमप्रभुको नाउँको प्रशंसा गर! सदा-सर्वदा उहाँको नाउँको सम्मान गर। स्वर्ग र पृथ्वीमा भएको प्रत्येक चीजले उहाँको प्रशंसा गरोस्!
त्यसपछि तिमीहरू भन्नेछौ, “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ, ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई के भन्ने छन? तिनीहरूले घोषणा गर्नेछन्, पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु हुने छ। अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षित गए।
मैले तिनीहरूलाई तपाईं कस्तो हुनु हुन्छ देखाएँ। अनि अझ म तिनीहरूलाई तपाईं कस्तो हुनुहुन्छ देखाउनेछु। तब तिनीहरूले मैले तपाईंबाट पाए जस्तै प्रेम पाउन सक्छन्। अनि म तिनीहरूमा बाँच्नेछु।”
तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आडपुगेकाछौ।
त्यसपछि मैले हेरें, अनि त्यहाँ मेरो अघि परमेश्वरको थुमा थियो। उ सियोन पर्वतमा उभिरहेको थियो। त्यहाँ उसित एक लाख चवालीस हजार मानिसहरु थिए। तिनीहरु सबैको निधारमा उसको अनि उसका पिताको नाउँ लेखिएको थियो।