यसको उचाइ 90 फीट चौडाइ 90 फिट हुनेछ। विशाल शिला खण्डका तीन पत्र अनि काठका बीम एक पत्र सहित त्यसको खर्च राज कोषबाट दिइनेछ।
Cross references
तब तिनीहरूले भित्री आँगन बनाए। त्यस आँगनको वरिपरि भित्ता बनाए। प्रत्येक भित्ता तीन लहर काटेको ढुङ्गा अनि एक लहर धूपीको काठद्वार बनाइएको थियो।
यद्यपि तिनीहरूले त्यसबेला सम्म परमप्रभुको मन्दिरको जग बसाएका थिएनन्। तब तिनीहरूले (मानिसहरू जो फर्की आएका थिए) डकर्मीहरूलाई सिकर्मीहरूलाई पैसा दिए भोजन, पिउने पदार्थ अनि भद्राक्षेको तेल सीदोन र सोरका मानिसहरूलाई दिए जसद्वार तिनीहरूले लबानोन समुद्रद्वारा योप्पामा देवदारका मूढाहरू ल्याउनेछन्। फारसका राजा कोरेसको अनुमति लिएर यसो गरियो।
यो कुरा राजालाई अवगत होस् कि हामी महान परमेश्वरको मन्दिर यहूदा प्रदेशमा गयौ, अनि विशाल शिला खण्ड द्वारा यसको पुनःर्निर्माण हुँदैथियो, काठका बीमहरू पर्खालहरूमा लगाइँदै थियौ यो काम सरासरी गरिदै थियो। तिनीहरूको हातबाट राम्ररी काम भईरहेको थियो।
अनि तिम्रा परमेश्वरको मन्दिरका निम्ति चाहिएका अन्य चीज-बीजहरू, जसको प्रबन्ध गर्ने जिम्मावारी तिम्रोहो तिमीले राज खजानाबाट प्रबन्ध गर्न सकनेछौ।
राजाहरूले आफ्नो सम्पत्ति तपाईंको महल यरूशलेममा ल्याउने छन्।
तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।
राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्। राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्। तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्। त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ। तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ उ निराश हुनेछैन्।”
मिद्यान र एपाबाट आएका ऊँटहरूले तिमीहरूका धर्ती पार गर्ने छन्। शेबाबाट आएका ऊँटहरूका लस्करले सुन र सुगन्धित वस्तु लिएर आउनेछन्। मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्।
तर त्यस स्त्रीलाई पृथ्वीले सहायता गर्यो। पृथ्वीले आफ्नो मुख खोल्यो अनि त्यस सर्पको मुखबाट निस्केको पानी निल्यो।